दुध लोप्चन,
दक्षिण कोरिया ।
पछिल्लो समयमा तामाङ सेलो मार्फत चर्चामा रहेको गायक तथा संगीतकार युनिक दोङको “छामे गोर्ङा” गीत शुक्रवार सार्वजनिक गरिएको छ ।
कोरियामा रहेर पनि गीतसंगीतमा ब्यस्त गायक दोङको यो छैठाैं गीत हो, यो गीतमा युनिक दोङ र जितु लोप्चनको स्वर, सानु बाबु घिसिङको शब्द संगीतमा बनेको हो ।
उक्त गीत नोर्बु शेर्पाको एरेन्जर, दिपेश प्रधानको मिक्सिङमा सरगम रेकार्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
यो गीत Selo Sargam युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
सुन्नुहोस् यस्तो छ युनिक दोङको “छामे गोर्ङा” गीत:
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























