गीत संगीतका जगतमा दैनिकजसो नै नयाँ नयाँ म्युजिक भिडियोहरु बजारमा अाएको पाइन्छ।त्यस्तै गरि बिल्कुलै फरक नयाँ म्युजिक भिडियो “खाअी ला ला हो खाअी लाला,सेम न्हाङ माया ङाअी लाला” भन्ने नयाँ तामाङ सेलो म्युजिक भिडियो बजार अाएको छ।कलाकारीता क्षेत्रमा पहिलो पहिला टेक्दै हेलम्बुकी अनुस्का दोङ अभिनित पहिलो म्युजिक भिडियो मायाको संग बजारमा अाएको छ ।चर्चित गायक तथा संगितकार विशाल काल्तान र गायिका बिना घालेको स्वर रहेको उक्त गितमा अनुस्का तामाङ चलचित्र क्षेत्रमा हाल निकै चर्चामा रहेको चर्चित नायक सागर घिसिङको सशक्त अभिनय रहेको छ । कलाकारीता क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका नायक सागर घिसिङ संग अभिनय गरेकी अनुस्काले आफ्नो पहिलो म्युजिक भिडियो मार्फत आफुले कलाकारीता क्षेत्रमा प्रवेश संगै दर्शकहरुको साथ र माया पाउने सक्ने बताए ।
अनुस्का दोङको डेभियु रहेको उक्त म्युजिक भिडियोको निर्देशन अजय स्याङ्तानले गरेको हो भने निर्माता सुनिल दोङ रहेको छ । उक्त गितको संगीत पनि बिशाल काल्तानको नै रहेको छ । भिडियो लिंक
























