विरामी खर्च पाँचखाल नगरपालिकाले व्यहोर्ने

अञ्जली तामाङ
पाँचखाल । पाँचखाल नगरपालिका एक सहकारी संस्थाले आयोजना गरेको तीज कार्यक्रममा दर खाँदा प्रदेश सांसद गोमा भुर्तेल सहित ४ सय जना विरामी भएका छन् । सांसद भुर्तेल अझै पनि शिरमोमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सदस्यहरुलाई तीजको अवसरमा दर खुवाउने कार्यक्रमकमा दर खाँदा विरामी भएका हुन् ।

विरामीको सख्या ५ सय ३६

कार्यक्रममा करिब ५ सय ९० जना सहभागी भएकोमा ५ सय ३६ जना विरामी भएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काका अनुसार १ सय ५७ जना उपचाररत छन् । ३ सय ४ आईसियूमा राखेर उपचार गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिएका छन् ।

कहाँ कहाँ कति विरामीको उपचार ?

विरामीहरुलाई विभिन्न अस्पतलामा उपचार गरेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले दिएको तथ्यांक अनुसार धुलिखेल अस्पताल १ सय ६६, शिरमेमोरियल सांसद गोमा भुर्तेल सहित अस्पतालमा ६० जना, बनेपा अस्पतालमा ४ जना, दुलालथोक प्राथमिक स्वास्थ्य केन्द्रमा ६२ जना, बालुवा रानीपानी हेल्थ सेन्टरमा ३४ जना, अस्ट नारायण मेडिकलमा ६ जना, गौतम स्नेह मेडिकलमा १७ जना, पाँचखाल पोलिक्लिनिकमा ३१, हेल्थ क्याम्पमा १ सय ५० जना, कान्ति अस्पतालमा ६ जनाको उपचार गरेको थियो ।

विरामी हुनुको कारण पत्ता लगाउन खानेकुराको संकलन

के कारणले विरामी भएका हुन् यसको कारण पत्ता लगाउन अझै पनि सकेको छैन । कारण पत्ता लगाउनका लागि स्वास्थ्यकर्मीहरुले दरमा प्रयोग भएका खाना, पानी, हरियो केराउ, चाना, पनीर संकलन गरेको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।

विरामीलाई लागेको खर्च नगरपालिकाले व्यहोर्ने

विरामीहरुको उपचारखर्च पाँचखाल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख महेश खरेलले बताएका छन् । विरामीहरुको उपचार गर्न विभिन्न अस्पतालले उपचार गर्न आनाकानी गरेपछि प्रमुख खरेलले उपचार खर्च आफूले व्यहोर्ने बताएका थिए ।

विभिन्न अस्पतालमा टेलिफोनबाटै उपचारको खर्च कार्यक्रम आयोजक सहकारीले नव्यहोरे आफूले व्यहोर्ने प्रतिबद्धता जाहेर गरेपछि उपचार प्रक्रियालाई तिब्र बनाएको अस्पताल स्रोतले बतायो ।

दिउँसो कार्यक्रममा दर खाएका कार्यक्रमका सहभागीहरु एकै समयमा विरामी भएका थिए । राती ११ बजेको समयमा एकै पटक विरामी भएका उनीहरुलाई धुलिखेल अस्पतामालमा उपचार गरेको थिए ।

घटना भएपछि प्रशासनले प्रहरीको टोली खटाएको थियो भने राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिहरु विरामीहरुको उपचार र उद्दारका लागि जुटेका थिए । बिरामी भएकाहरुमा महिला, पुरुष र बालबालिकाहरु छन् ।

Comments

comments