बरामद गरिएको काठ । फोटोः मोहन तामाङ

मोहन तामाङ
संखुवासभा । धर्मदेवी नगरपालिका ३ टुटेदेउरालीबाट अबैध काठ सहित ट्रक प्रहरीले बरामद गरेको छ । करिब १ लाख मूल्य बराबरको ४ सय १० क्यूफिट अबैध काठ प्रहरीले बरामद गरेको हो । खाँदवारीबाट धरान तर्फ जादै गरेको को १ ख ३१६७ नम्बरको ट्रक टुटेदेउरालीमा पक्राउ गरिएको हो ।

बरामद गरिएको काठ । फोटोः मोहन तामाङ
बरामद गरिएको काठ । फोटोः मोहन तामाङ

लोड गरिएको ट्रक काठ सहित धनकुटा जिल्ला भेडेटार गाँउपालिका ४ का सिद्धराज लिम्बु पक्राउ परेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट टुटेदेउरालीमा चेकजाच गर्दा अबैध ढंगले धरान लैजान लागेको चिलाउने, उत्तिसको काठ १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले बरामद गरेको काठ र चालक लिम्बुलाई आवश्यक कारवाहीका लागी जिल्ला बन कार्यालयलाई जिम्मा लगाएको प्रहरी जनाएको छ । बरामद गरिएको काठ र ट्रक जिल्ला बन कार्यालयमा राखिएको छ । भने चालक लिम्बुलाई मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको सहायक वन अधिकृत हेमन्त पराजुलीले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।