दुध लोप्चन,

दक्षिण कोरिया । काभ्रे र धादिङ जिल्लाको  संयुक्त अायोजनामा हुन गइ रहेको “रिदम लाईभ कन्सर्ट & सांगीतिक धमका–२०१८” मा उपस्थित जनाइ कार्यक्रम सफल बनाउन प्रदेश नं. ३ एकता समाज दक्षिण कोरियाले प्रेस बिज्ञप्तिमार्फत अपिल गरेको छ ।

प्रेस बिज्ञप्तिमा, प्रदेश नं. ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा काभ्रे सम्पर्क समिति र धादिङ समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागिरहेको “रिदम लाईभ कन्सर्ट & सांगीतिक धमका–२०१८”मा  उपस्थित भै सहयोग गर्नुहुन कोरियामा रहेका सम्पुर्ण कोरियाबासी नेपालीहरुमा अपिल गरेको छ ।

उक्त कार्यक्रममा नेपालका चर्चित गायक दिपक बज्रचार्य र रिदम ब्यान्डको साथै चर्चित मोडेल तथा डान्सर अञ्जली अधिकारी, चर्चित मोडेल तथा कलाकार रक्षा श्रेष्ठ, चर्चित कमेडियन राजा राजेन्द्र पोखरेल अनि चर्चित दोहोरी गायिका बबिता बानिँया (जेरि), नव उदयमान गायिका पुर्णिमा लामाका साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

पछिल्लो समयमा चर्चित पत्रकार रबि लामिछाने विशिष्ट अतिथिको रुपमा सहभागि हुने उक्त कार्यक्रम YES 24 LIVE हलमा हुनेछ ।

धादिङ र काभ्रे जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सेवा सहयोगार्थ  हुन गइरहेको उक्त कार्यक्रम कोरियाको चाड छुसकको दोस्रो दिन सेप्टेम्बर २४ तारिखमा हुने छ ।

Comments

comments