बनेपा । बनेपा निष्टले व्यवस्थापन पढेका विद्यार्थीलाई थप सशक्त बनाउन सूचना प्रविधिका कक्षाहरु शुरु गरेको छ । बिएस्सी सिएस आइटी अध्यापन गराउँदै आएकोमा बिआइएम, बिसिएका कक्षाहरु पनि शुरु गरेको निष्ट बनेपाका प्राचार्य चेतन विष्टले जानकारी दिए ।
विष्टका अनुसार बिआइएम भनेको ब्याचलर इन्फरमेशन म्यानेजर हो र यो मेनेजमेन्टका विद्यार्थीहरुलाई विशेष गरी फोकस गरिएको छ । जसमा ६० प्रतिशत आइटी र ४० प्रतिशत मेनेजमेन्ट कोर्स गरेर ब्याचलर दिइन्छ र यो काठमाडौंमा मात्र केन्द्रित थियो शिक्षा रहेकोमा काभ्रे भित्रिएको र यसले काभ्रेली शिक्षा आयाममा नयाँ अध्याय थपेको उनको भनाई छ ।
यो वर्षदेखि काठमाडौं बाहिर पनि केही संस्थाहरुलाई यसको सम्बन्धन विस्तार गरिएको छ । अहिलेको आवश्यकता, अहिलेको टेक्नोलोजीको आवश्यकता, त्यसको महत्व र मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई पनि अगाडि बढाउने र टेक्नोलोजीलाई यूज गरेर व्यवस्थित गर्नलाई यो शिक्षालाई विस्तार गर्ने क्रमलाई अहिले भ्याली बाहिर पनि दिएका छन् । काभ्रेमा बिआइएम सञ्चालन गर्ने तयारीमा छौं विष्टले जानकारी दिए ।
यस्तै अर्काे कोर्ष बिसीए ब्याचलर इन कम्प्युटर एप्लिकेशन शुरु गरिएको र यो नितान्त कम्प्युटर सम्बन्धी कोर्स भएको विष्टले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयले यो पहिलो पटक प्राइभेट सेक्टरहरुलाई यो कोर्स चलाउन अनुमति दिएको छ । यो भन्दा पहिला केही आंगिक क्याम्पसहरुमा सञ्चालन भएको छ र यो त्रिभुवन विश्वविद्यालयको नितान्त नयाँ प्रोग्राम भएको पनि प्राचार्य विष्टले तेमाल अनलाइनलार्ई बताए ।
















