मोहन तामाङ
संखुवासभा । संस्कृतिको नाममा मनाईने तिज भड्किलो तरिकाले मनाउन थालेका छन् ।
हिन्दु नारीहरुको चार्ड भनेर संस्कृतिको लागि मनाईने चार्ड दिनानु दिन विकृति तिर गई रहेको छ । पश्चिमि मुलुकको सिको गरेर नेपाली हिन्दु नारीहरुको संस्कृति चार्ड माथि नकरात्मक छाप देख्न थालेको हो । बिगत बर्षहरुमा सांस्कृतिक तरिकाले तिजलाई मनाईए पनि केहि बर्ष यता भड्किलो तरिकाले महिलाहरुले तिज मनाउन थालेका छन् । पश्चिमि मुलुकको सिकोले गर्दा नेपालको संस्कृृति माथि नै औंला उठ्न थालि सकेको छ ।
बिगतमा तिजमा नारीहरु आफ्नो श्रीमानको लागी निराहार, निरजल ब्रत बस्ने गर्दथियो तर अहिले यस्तो परम्परा हटेर विभिन्न भोज खाने अनि होहल्ला गर्ने नाच्ने र मादक पर्दाथ समेत सेवन गरेर तिज मनाउन थालेका छन् ।
सारि चोलो लगाउने परम्परा पनि निकै कम हुदैँ गएको छ धेरै जसो महिलाहरुले बिदेशि फेसनको तथा पश्चिमि मुलुकको कपडामा सजिएर तिजमा देखावटि गर्न थालेका छन् । र विभिन्न होटल, पार्टीप्यालेस र व्यङकेट जस्ता महंगा ठाँउमा तिज मनाउन थाले पछि खर्च पनि उत्तिकै धेर हुन थालेको र पहिले जस्तो चित्त बुज्ने तिज हराउन थालेको हो ।
















