ह्राङलान गोङमा ल्हेसि ब्रामा
स्यु स्हेर खापा तिल्ता?
ब्रासी टिपा ङला ग्यामरी
पुजु ह्रोईपा तिल्ता ?

भन्ने  गीत माया प्रेमसंग सम्बन्धित गीत हो।साँच्चिकै माया प्रेममा बिछोडिएका पिडाबाट उब्जएका शब्दलाई संगीतमा उतारेका छन् ।

डम्फू मिडिया प्रालिको प्रस्तुतिमा रहेेको उक्त भिडियोमा हाल निकै चर्चामा रहेको चर्चित गायक तथा संगितकार विशाल काल्तानको स्वरमा सजिएको उक्त गीतमा संगीत चन्द्र वाइवा रहेका छ भने शब्द सञ्चारकर्मी सुर्य मोक्तानले रचेका हो। एरेन्ज स्व. बबिराज घतानी र मिक्सिङ दिपेश प्रधान गरिएको हो।

यस म्युजिक भिडियोेमा मिलन थिङ (पाराङ) र निराञ्जली लामाले सशक्त अभिनय गरिएका छन् । अतिथि भुमिकामा निर्देशक तथा नायक अमिर दोङ मोडेल सृजना दोङलाई पनि देख्न सकिन्छ । भिडियोलाई नायक आमिर दोङको निर्देशन हो भने क्यामरा बिक्रम मोक्तानले न्याय पुर्ण तरिका खिचेका पाईन्छ ।
भिडियो यस्तो छ ।