यसरी हुँदै छ ‘बनेपा महोत्सव–२०७५’ (भिडियो सहित)

अञ्जली तामाङ
बनेपा । काभ्रेको व्यापारिक नगरी बनेपामा ‘व्यापारिक, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव–२०७५’ हुने भएको छ ।

शनिबार एक पत्रकार सम्मेलन गर्दै आगामी असोज ११ गते देखि २१ गतेसम्म आयोजना गरिने बताएको छ । गरि महोत्सवकोबारेमा जानकारी दिएको छ ।

यसरी हुँदै छ ‘बनेपा महोत्सव–२०७५’ (भिडियो सहित)

पत्रकार सम्मेलनमा बीबीसीका आध्यक्ष महेश कर्माचार्यले बनेपा ब्वाइज क्लब बनेपाले फुटबल खेलका अतिरिक्त कला सँस्कृति, कृषि, घरेलु, उद्योग र व्यापारिक प्रबद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागेको बताए ।

विजया दशमीको अवसर पारेर ‘हाम्रो अभियान खेलको शान, सँस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथ यो महोत्सव गर्न लागेको अध्यक्ष कर्माचार्यले पत्रकारहरुलाई जानकारी दिए ।

मेलाको आकर्षकहरु के–के हुन्छ ?

आयोजकका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टलहरु रहने छ । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिने छ ।

त्यसैगरि सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्न प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुको साथै जिल्ला भित्रका नव प्रतिभावन कलाकारहरुलाई विशेष प्राथमिकता दिइने अध्यक्ष कर्माचार्यले जानकारी दिए ।

उद्घाटन यसरी गरिने

महोत्सवको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरिने बीबीसी अध्यक्ष कर्माचार्यले जानकारी दिए ।  महोत्सवको उद्घाटन समारोह असोज ११ गतेका दिन विभिन्न स्थानीय कला संस्कृति भल्कने बाजगाजा, नाच, झाँकी प्रदर्शन गरिनेछ ।

  मेलाको मुख्य संयोजक क्लबका उपाध्यक्ष एवं राष्ट्रिय काभ्रेली कलाकार संघका अध्यक्ष हरिकुमार कर्माचार्य नियुक्ति गरिएको छ । आयोजकले महोत्सवमा सहभागी हुन आयोजकले खेलपे्रमी, उद्योगपति, व्यवसायी, राजनीतिक दल, स्थानीय सरकार, विभिन्न संघ–संस्थालाई सहभागीताको लागि समेत अनुरोध गरेको छ ।

लौ हेर्नुहोस् भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।