दुध लोप्चन,
दक्षिण कोरिया । मजदुर समस्याहरुको समाधनको माग गर्दै कोरियन सरकारलाई दबाब दिन मजदुर संगठन (एमटियु) ले अक्टोबर १४ तारिखका दिन सउलमा आयोजना गर्ने बृहत र्‍यालीमा १० औ हजार प्रवासी श्रमिकहरूलाइ सहभागिताको लागि सूचनामार्फत अपिल गरेका छन् ।
विभिन्न समयमा मजदुरको पक्षमा वार्ता, अन्दोलन र बिरोधका कार्यक्रम गर्दै अइरहेको एमटियुको डब्लुपिएसको माग सुनवाइ नगरिरहेको अवस्थामा डब्लुपिएस, एमटियु सम्बन्धी जानकारी र कामदारको समस्यालाइ सूचनामा उल्लेख गरेका छन् ।
एमटियुले “अक्टोबर १४ तारिख आइतबार सबै प्रवासी श्रमिक सउलमा जम्मा हौ ।” नारा राखेर अपिल गरेको बृहत र्‍याली सउल फाइनान्स सेन्टर ट्रेन लाइन न १ र २ गेट न ४ बाट दिउँसो २ बजे हुने जानएको छ ।

औ महिना मा १० हजार प्रवासी श्रमिक सउल किन जम्मा हुनु पर्ने ?
कार्य भिषा प्रणाली [Work Permit System (WPS)] भनेको के हो ?
श्रमिकलाई स्वइच्छाले कार्यस्थल परिबर्तन र छनोट गर्ने अधिकार छ तर इपिएस का खराव निति का कारण कोरिया मा प्रवासि श्रमिक लाई यो अधिकार बाट बन्चित गराएको छ । सबै अधिकार कम्पनी मालिकमा निहित छ । कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिन्छ तर डब्लुपिएसमा त्यस्तो हुदैन डब्लुपिएसमा कार्यस्थल स्वइच्छाले परिबर्तन र छनोट गर्ने अधिकार हुनेछ । कोरियामा प्रवेश गर्नको लागि छनोट गर्ने माध्यम कोरियन भाषा परिक्षा नै हुनेछ हाम्रो माग भनेको कोरियामा लागु हुने कानुनमा परिबर्तन हुनु पर्छ भन्ने हो । छनोट मध्यममा परिबर्तन हुनु पर्छ भन्ने होइन हाम्रो माग ३ बर्षको अवधि पुरा भए पछि १ बर्ष १० महिनाको अवधि थप गर्न कम्पनीले नचाहे पनि श्रमिक स्वयमले थप्न पाउनु पर्ने, आफ्नो परिवार ल्याउन पाउनु पर्ने, लामो अवधिसम्म काम गर्न पाउनु पर्छ, कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा जान पाउनु पर्छ ,कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्छ, मजदुर ३ अधिकार सुनिश्चित हुनु पर्छ, लगायतको माग हो । यो माथिको प्रावधानहरु समाबेश भएको प्रवासी श्रमिक सम्बन्धि कानुन बन्नु नै डब्लुपिएस हो । डब्लुपिएस लागु भएमा धेरै पैसा तिरेर कोरिया आउनु पर्छ भन्ने कुरा झुटो साथै भ्रम मात्र हो ।
प्रवासी मजदुर युनियन Migrant Workers Trade Union ( MTU) के हो त ?
ज्यालामा काम गर्ने श्रमिकको युनियन लाई मजदुर युनियन (ट्रेड युनियन) भनिन्छ । एमटियु कोरियामा रहेको सम्पूर्ण प्रवासी श्रमिकहरुको युनियन हो । यसमा सबै देशको प्रवासी श्रमिकहरु सदस्य साथै पधाधिकारी हुन पाउने छन । एमटियुले प्रवासी श्रमिकहरुको पेशागत हकहितको लागि काम गर्दछ कोरियामा लागु भइरहेको इपिएसलाइ डब्लुपिएसमा परिबर्तन गर्न संघर्ष गरिराखेको छ। श्रमिकलाइ आफ्नो हक अधिकारको बारेमा सचेत पार्ने सक्रिय बनाउने साथै अधिकार प्राप्ति र रक्षाकोलागि परिचालित गर्ने काम गर्दछ ।प्रवासी मजदुर युनियन (एमटियु)को गठन २००५ मा भएको हो ।२०१५ मा कोरियन सरकारबाट मान्यता प्राप्त भइ श्रम मन्त्रलयमा दर्ता भएको छ ।एमटियु प्रवासी श्रमिक स्वयमले स्वतन्त्र रुपमा गठन गरेको विश्वको पहिलो मजदुर युनियन हो । साथै सम्बन्धित देशको सरकारबाट मान्यता प्राप्त गरि दर्ता भएको बिश्वको पहिलो प्रवासी श्रमिकको संगठन पनि एमटियु नै हो ।
प्रवासी श्रमिकको मुख्य समस्या :
१) प्रवासी श्रमिकको समस्या भनेको स्वइच्छाले कम्पनी परिबर्तन नपाउनु मुख्य समस्या हो सबै अधिकार कम्पनी मलिक मा निर्हित भएकोले गर्दा प्रवासी श्रमिकले धेरै किसिमको समस्या भोगी रहनु परेकोछ । हामी श्रमिकको स्वइच्छ्ले कम्पनी परिबर्तन गर्ने अधिकार हनन भएको छ । तलब समयमा नपाउने, कुटपिट सहनु पर्ने, दुर्ब्यबहार भोग्नु पर्ने, मानब अधिकार मजदुर अधिकार हनन हुने ,बिदाको समयमा घर जादा भिषा रद्द गरिदिने, थोरै तलबमा लामो समय काम गर्नु पने, कम्पनी मालिक प्रति आज्ञाकारी भईएन भने १ बर्ष १० महिनाको अवधि नथपिदिने, कम्पनीले जथाभाबी निष्काशन गर्ने, काम गर्ने स्थानको स्थिति जस्तो सुकै भएपनि जबर्जस्ती काम गर्नु पर्ने, कृषि क्षेत्रको श्रमिकलाई उचित सेवा सुविधा नदिने बिभिन्न किसिमको भेदभाब सहनु पर्ने, बिरामी भएको अवस्थामा पनि उपचार राम्ररी गर्न नपाउने साथै आराम गर्ने पनि नपाउने लगायतको समस्या प्रवासी श्रमिक ले भोगी रहेको छौ ।

२) कोरियन सरकारले गत बर्ष खाने बस्ने खर्च सम्बन्धि निर्देशिका बनाएको छ निर्देशिका अनुसार कम्पनी मालिकले अपार्टमेन्टमा (पक्कि घर ) कोठा दिएर खान पनि दिएमा तलबको २०% खाने बस्ने खर्च सम्बन्धि रकम लिन पाउने भएको छ ।बस्न मात्र दिएमा १५ % रकम लिन पाउने छ । अस्थाई बसोबास गर्ने स्थान (कन्टेनर आदि) मा बस्न र खान दिएमा १३% रकम लिन पाउनेछ र अस्थाई बसोबास गर्ने ठाउँ बस्न मात्र दिएमा तलबको ८ % काट्न पाउने छ ।

३) हालै कोरियन कम्पनी ब्यबसायीहरुले प्रवासी श्रमिकको तलब बृद्दि भएको, कोरियन श्रमिकको तुलनामा शीप नभएको, उत्पादन कम गर्ने कारणले तलब घटाउन माग गरेको छ । तलब घटाउनकोलागि परिक्षण अवधि तोक्नु पर्ने माग गरेको छ जस अनुसार प्रवासी श्रमिक कोरिया प्रवेश गरेको पहिलो बर्षमा ८०% तलब पाउने, दोश्रो बर्षमा ९०% तेश्रो बर्षमा मात्र १००% तलब पाउनेछन । सासदले यस्तो किसिमको कानुन बनाई पारितकोलागि संसदमा पेश गरेकोछ यस्तो भेदभाब पूर्ण मागको बिरोध गरौ ।
माथिको समस्याहरुको समाधन गर्न माग गर्दै कोरियन सरकारलाई दबाब दिन निम्न स्थान र मितिमा बृहत र्‍याली आयोजना भै राखेको हुँदा १० औ हजार प्रवासी श्रमिक जम्मा हौं ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।