भक्तपुर । पेमा डोल्मा मोक्तानकी “मोक्तान आपाला ङा जामे” बजारमा आएको छ ।

ह्याङला को म्हेन्दो मिडिया हाउसको प्रस्तुतीमा पेमा डाल्माको तामाङ गीत मोक्तान आपाला ङा जामे बजारमा आएको हो ।

२०५० सालमा स्व।बाबा खड्ग वहादुर मोक्तान र आमा माईली तामाङकी कोखबाट जन्मनु भएकी पेमाले आफूले सानै उमेरमा नै तामाङ गीत संगीतलाई बुझ्ने मौका स्वर्गीय बाबाबाट मिलेको बताएकी छिन् ।

स्व खड्का मोक्तानले पनि धेरै तामाङ गीतहरु लेखिएको छ। फरक सैली एवं फरक शब्दमा बजारमा आएको मोक्तान आपाला ङ जामेमा संगीत चर्चित संगीतकार विशाल काल्तानले दिनु भएको छ ।

यस्तै भोकल जीतु लोप्चान , एरेन्ज एवं मिक्सिङ दिपेश प्रधानको रहेको छ जसमा ज्ञानेन्द्र तामाङ, रसिला तामाङ, गोकुल तामाङ लगाएतकाको अभिन रहेको छ ।

फरक शैलिमा बजारमा आएको उक्त गीत मोक्तान आपाला ङ जामेले माया प्रेमको झल्को दिएको छ ।

यस भिडियोलाई सुनिल मोक्तानले निर्देशन गर्नुभएको हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।