प्रथम मेयर अन्तर वडा स्तरीय फूटबल प्रतियोयगिता

बनेपा । काभ्रे जिल्लाको बनेपामा प्रथम मेयर अन्तर वडा स्तरीय फूटबल प्रतियोयगिता हुने भएको छ । आगामी असोज १९ गतेदेखि हुने उक्त प्रतियोगिता बनेपा नगरपालिकाले आयोजना गरिएको हो ।

‘बनेपा नगरपालिका प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता–२०७५’ बनेपा नगरपालिकाको मुख्य आयोजना तथा ५ नं. वडा कार्यालयको संयोजनमा हुन लागेको तेमाल अनलाईनलाई अयाोजकले जानकारी दिएको छ ।

‘स्वस्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ संचालन हुने उक्त प्रतियोगीतामा बनेपा नगरपालिकाभित्रका १४ वटा वडाहरुबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतालाई व्यवस्थित बनाउन बनेपा नगरपालिका ५ नं. वडाका वडा अध्यक्ष बलराम अधिकारीको संयोजकत्वमा मूल संयोजन समिति गठन गरिएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट बढीमा २ वटा टीम दर्ता गर्न पाउने ओयोजकले जानकारी दिएको छ ।

नेपाल बनेपा पोलिटेक्निक इस्टिच्युटको खेल मैदानमा हुने उक्त प्रतियोगितामा इच्छुक टिमले असोज १९ गते अगाडि नै प्रतियोगिता मुल संयोजन समितिसँग सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताईएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।