दुध लोप्चन,
दक्षिण कोरिया । कोरियाको ख्यङ्सान नाम्दोमा मोटरसाइकल दुर्घटनामा परि झिम्रुक– १, सौतामारे नेपालका नारायण जिसीको मृत्यु भएको छ ।
शनिबार साथीको जन्मदिनको पार्टी मनाएर फर्किएका जिसी साथीहरु सुतेपछि रातको २ बजे मोटरसाइकल लिएर निस्किएका थिए । उनी चढेको मोटरसाइकल एक पार्कमा रहेको जीर्ण पोलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै मृत्यु भएको रियास्थित नेपाली श्रम कन्सुलर डिल्लिराम बाँस्तोलाले जानकारी दिए। फुड कम्पनीमा कार्यरत २३ वर्षीय जिसी ३ महिनाअघि मात्र इपिएस प्रणालीमार्फत कोरिया आएका हुन् । घटनाबारे जिसीको परिवारलाई जानकारी गराइसकिएको बाँस्तोलाले बताए । कोरियामा पछिल्लो समय सवारी दुर्घटनाबाट मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएकाले यहाँको ट्राफिक नियम बुझेर मात्र सवारीको प्रयोग गर्न बाँस्तोलाले आग्रह गरेका छन्।
गत हप्ता पनि गाडिको ठक्करबाट खिम्फो शहरमा एक नेपालीको मृत्यु भएको थियो ।
























