मण्डनदेउपुर । नेपाल तामाङ घेदुङ, मण्डनदेउपुर नगरपालिकाको प्रथम भेलाले संगम दोङको अध्यक्षतामा १५ सदस्यीय नगरसमिति गठन गरेको छ । शनिबार सम्पन्न नगर भेलाले नगर समिति गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा सिता तामाङ, जितबहादुर तामाङ, सचिवमा शुक्रबहादुर तामाङ, सह–सचिवमा सुवास ग्लान, कोषाध्यक्षमा कमलबहादुर तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा बुद्धेसिं तामाङ, विर्जलाल तामाङ, जमान सिं तामाङ, चमारसिं तामाङ, सोनाम तामाङ, कृष्णबहादुर तामाङ, बाबुराम तामाङ, कुमार तामाङ, पूर्णबहादुर तामाङ रहेका छन् ।

मण्डनदेउपुर । नेपाल तामाङ घेदुङ, मण्डनदेउपुर नगरपालिकाको प्रथम भेलाले संगम दोङको अध्यक्षतामा १५ सदस्यीय नगरसमिति गठन गरेको छ । शनिबार सम्पन्न नगर भेलाले नगर समिति गठन गरेको हो ।  भेलाले उपाध्यक्षमा सिता तामाङ, जितबहादुर तामाङ, सचिवमा शुक्रबहादुर तामाङ, सह–सचिवमा सुवास ग्लान, कोषाध्यक्षमा कमलबहादुर तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा बुद्धेसिं तामाङ, विर्जलाल तामाङ, जमान सिं तामाङ, चमारसिं तामाङ, सोनाम तामाङ, कृष्णबहादुर तामाङ, बाबुराम तामाङ, कुमार तामाङ, पूर्णबहादुर तामाङ रहेका छन् ।  त्यसैगरि विभिन्न भातृसंगठनको संयोजक समेत तोकिएको छ । जसमा नेपाल तामाङ महिला घेदुङको संयोजकमा सिता लामा, नेपाल तामाङ विद्यार्थी घेदुङको संयोजकमा सोनाम तामाङ, लामा घेदुङको संयोजकमा चमारसिं लामा, युवा घेदुङको संयोजकमा बाबुराम तामाङ रहेका छन् ।   भेलालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य तथा प्रमुख अतिथि डिलबहादुर थोकर (ग्याम्जो)ले एक्काईसौं शताब्दीको नयाँ राष्ट्रिय एकीकरणको लागि तामाङ समुदाय लाग्नुपर्नेमा जोड दिए । मुलुक विखण्डित भएको चर्चा गर्दै राज्य सत्ताको मूल चरित्र आधुनिक नेपाल निर्माणकाल देखि आजसम्म एक्कल जातिय पहिचानमा आधारित रहेको समेत बताए । ‘राज्यसत्ताको मूल चरित्र अहिलेसम्म पनि एकल जातिय पहिचानमा आधारित रहेको छ ।’ थोकरले भने, ‘अब राज्यको मूल चरित्र बहुपहिचानमा आधारित सबैको प्रतिनिधित्व हुने खालको निर्माण गर्न दवाव सिर्जना गर्न आवश्यक छ ।’ उनले २ सय ५० वर्षसम्मको एकल जातिय पहिचानमा आधारीत राज्यसत्ताको चरित्र भत्काउने हो भने प्रदेश ३ को नामाकरण नेवा ताम्सालिङ हुनुपर्ने र यस प्रदेशको सरकारी कामकाजको भाषा तामाङ, नेवार र खस भाषा हुनुपर्नेमा जोड दिए । त्यसै गरि भेलामा प्रदेश ३ का उपाध्यक्ष जीतबहादुर वाइबा, जिल्ला अध्यष फुर्साङ लामा, जिल्ला सचिव राजकुमार तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए । नवनिर्वाचित सदस्यहरुलाई केन्द्रिय सदस्य थोकरले सपथ ख्वाएका थिए ।

त्यसैगरि विभिन्न भातृसंगठनको संयोजक समेत तोकिएको छ । जसमा नेपाल तामाङ महिला घेदुङको संयोजकमा सिता लामा, नेपाल तामाङ विद्यार्थी घेदुङको संयोजकमा सोनाम तामाङ, लामा घेदुङको संयोजकमा चमारसिं लामा, युवा घेदुङको संयोजकमा बाबुराम तामाङ रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य तथा प्रमुख अतिथि डिलबहादुर थोकर (ग्याम्जो)ले एक्काईसौं शताब्दीको नयाँ राष्ट्रिय एकीकरणको लागि तामाङ समुदाय लाग्नुपर्नेमा जोड दिए । मुलुक विखण्डित भएको चर्चा गर्दै राज्य सत्ताको मूल चरित्र आधुनिक नेपाल निर्माणकाल देखि आजसम्म एक्कल जातिय पहिचानमा आधारित रहेको समेत बताए । ‘राज्यसत्ताको मूल चरित्र अहिलेसम्म पनि एकल जातिय पहिचानमा आधारित रहेको छ ।’ थोकरले भने, ‘अब राज्यको मूल चरित्र बहुपहिचानमा आधारित सबैको प्रतिनिधित्व हुने खालको निर्माण गर्न दवाव सिर्जना गर्न आवश्यक छ ।’ उनले २ सय ५० वर्षसम्मको एकल जातिय पहिचानमा आधारीत राज्यसत्ताको चरित्र भत्काउने हो भने प्रदेश ३ को नामाकरण नेवा ताम्सालिङ हुनुपर्ने र यस प्रदेशको सरकारी कामकाजको भाषा तामाङ, नेवार र खस भाषा हुनुपर्नेमा जोड दिए ।

मण्डनदेउपुर । नेपाल तामाङ घेदुङ, मण्डनदेउपुर नगरपालिकाको प्रथम भेलाले संगम दोङको अध्यक्षतामा १५ सदस्यीय नगरसमिति गठन गरेको छ । शनिबार सम्पन्न नगर भेलाले नगर समिति गठन गरेको हो ।  भेलाले उपाध्यक्षमा सिता तामाङ, जितबहादुर तामाङ, सचिवमा शुक्रबहादुर तामाङ, सह–सचिवमा सुवास ग्लान, कोषाध्यक्षमा कमलबहादुर तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा बुद्धेसिं तामाङ, विर्जलाल तामाङ, जमान सिं तामाङ, चमारसिं तामाङ, सोनाम तामाङ, कृष्णबहादुर तामाङ, बाबुराम तामाङ, कुमार तामाङ, पूर्णबहादुर तामाङ रहेका छन् ।  त्यसैगरि विभिन्न भातृसंगठनको संयोजक समेत तोकिएको छ । जसमा नेपाल तामाङ महिला घेदुङको संयोजकमा सिता लामा, नेपाल तामाङ विद्यार्थी घेदुङको संयोजकमा सोनाम तामाङ, लामा घेदुङको संयोजकमा चमारसिं लामा, युवा घेदुङको संयोजकमा बाबुराम तामाङ रहेका छन् ।   भेलालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य तथा प्रमुख अतिथि डिलबहादुर थोकर (ग्याम्जो)ले एक्काईसौं शताब्दीको नयाँ राष्ट्रिय एकीकरणको लागि तामाङ समुदाय लाग्नुपर्नेमा जोड दिए । मुलुक विखण्डित भएको चर्चा गर्दै राज्य सत्ताको मूल चरित्र आधुनिक नेपाल निर्माणकाल देखि आजसम्म एक्कल जातिय पहिचानमा आधारित रहेको समेत बताए । ‘राज्यसत्ताको मूल चरित्र अहिलेसम्म पनि एकल जातिय पहिचानमा आधारित रहेको छ ।’ थोकरले भने, ‘अब राज्यको मूल चरित्र बहुपहिचानमा आधारित सबैको प्रतिनिधित्व हुने खालको निर्माण गर्न दवाव सिर्जना गर्न आवश्यक छ ।’ उनले २ सय ५० वर्षसम्मको एकल जातिय पहिचानमा आधारीत राज्यसत्ताको चरित्र भत्काउने हो भने प्रदेश ३ को नामाकरण नेवा ताम्सालिङ हुनुपर्ने र यस प्रदेशको सरकारी कामकाजको भाषा तामाङ, नेवार र खस भाषा हुनुपर्नेमा जोड दिए । त्यसै गरि भेलामा प्रदेश ३ का उपाध्यक्ष जीतबहादुर वाइबा, जिल्ला अध्यष फुर्साङ लामा, जिल्ला सचिव राजकुमार तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए । नवनिर्वाचित सदस्यहरुलाई केन्द्रिय सदस्य थोकरले सपथ ख्वाएका थिए ।

त्यसै गरि भेलामा प्रदेश ३ का उपाध्यक्ष जीतबहादुर वाइबा, जिल्ला अध्यष फुर्साङ लामा, जिल्ला सचिव राजकुमार तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए । नवनिर्वाचित सदस्यहरुलाई केन्द्रिय सदस्य थोकरले सपथ ख्वाएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।