प्रकाश ब्लोन तामाङ
चितवन । चितवनको भण्डारामा प्रथम राप्ती गोल्डकप २०७५ यही असोज १७ गतेदेखी ३० गते सम्म हुने भएको छ ।
आयोजक हर्दी युवा समाजले आईतवार पत्रकार सम्मेलन गरी असोज प्रतियोगिताकाबारे जानकारी गराएको हो । पूर्वी चितवनमै पहिलो पटक हुन लागेको गोल्डकपमा एक विभागिय टिमसहित देशभरका १४ वटा टिमको सहभागीता रहनेछ ।
प्रतियोगिताका संयोजक विकास मोक्तानका अनुसार शशस्त्र प्रहरी वल(एपिएफ) सहित कास्की ११,रुपेन्देही ११,लालवन्दी ११, निजगढ ११, चौधरी ११ बारा,युथ युवा स्पोट्स बीरगंज,विजययुथ मकवानपुरको सहभागीता रहनेछ । त्यस्तै नवलपरासीको अभिषेक चर्च,बीरगंज युथ एकेडेमी, चितवनका एभरेष्ट फुटवल क्लव,भरतपुर फुटवल क्लव,रामपुर फुटवल क्लव र आयोजक हर्दि युवा समाजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
एपिएफ र रुपन्देही ११ ए डिभिजन लिग खेलिसकेका टिम हुन् । सहभागी टिमले प्रत्येक खेलमा ३ जना विदेशी खेलाडी समेत खेल्न पाउने व्यवस्था मिलाईएको संयोजक मोक्तानले वताए ।
प्रतियोगिताको विजेताले शिल्डसहित नगद २ लाख २ हजार २२२ रुपैया तथा उपविजेताले रनर्स अफ ट्रफी सहित नगद १ लाख १ हजार १११ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न ६ विधामा उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडी,उत्कृष्ठ रक्षापंक्ती,सर्वाधिक गोलकर्ता,उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ मध्यपंक्ती र उत्कृष्ठ टिम कोचलाई नगद ५,५ हजारका दरले पुरस्कृत गरिने आयोजक हर्दि युवा समाजका अध्यक्ष शम्भु वि.क.ले जानकारी दिए ।
अध्यक्ष विकका अनुसार प्रतियोगितामा दर्शकका लागि ५० रुपैया प्रवेश शुल्क लिईनेछ । प्रतियोगितामा राप्ती नगरपालिका ६ स्थित भण्डारा माध्यमिक विद्यालयको चौरमा हुनेछ । फाईनलको अघिल्लो दिन चितवन र नवलपरासीका महिला टिमबीच र भेट्रान्स खेलाडीबीच मैत्रीपुर्ण खेल हुनेछ ।
पत्रकार सम्मेलनमा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले गोल्डकपले राप्ती नगरपालिकालाई राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चिनाउन मद्यत पुग्ने विश्वास व्यक्त गरे ।