नगरकोट को पर्यटन प्रबर्द्धन गर्ने उदेश्य ले काभ्रेली गायक पुष्कर चौलागाईं को लोक दोहोरी गित जाउ घुम्न नगरकोट बजारमा आयको छ।

यस गितमा गायक पुष्कर चौलागाई र गायिका मिश्रा काफ्लेले स्वर दिएका छन् । गीतको शब्द संकलनमा स्वयम् गायक चौलागाई र अर्जुन पण्डित रहेका छन भने लय संकलनमा गायक चौलागाई र सविता ढुंगानाको रहेका छन।

गीतको म्यूजिक भिडियो निर्देशन किरण गौतमले गरेका छन् भने छायाँकनमा मुकेश हुमागाई, र गितको सम्पादनमा अबिनाश डिसिले गरेका हुन् ।

निक्कै रमणीय वातावरणमा छायांकन गरिएको गितको भिडियोमा किरण, विसाखा, गोविन्द र शुसिलाले अभिनय गरेका छन्।काभ्रे संगम म्युजिक प्रा.लि को प्रस्तुति मा आएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।