दुध लोप्चन,

दक्षिण कोरिया । कोरियामा रहेको संस्था रामेछाप सम्पर्क समिमिको अध्यक्षमा रबि प्रताब घिसिङ चयन भएको छ ।

आइतबार कोरियाको राजधानी सउलमा भएको दोस्रो अधिबेशनले रबि प्रताबको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । अबिधेशनले बरिष्ठ उपाध्यक्षमा टंक गौतम, उपाध्यक्षमा नबिन श्रेष्ठ, नवराज अधिकारी, महासचिबमा सन्तोष चौलागाई, सचिबमा नरबहादुर तामाङ, कोषाध्यक्षमा गौरब केसी, सहकोषाध्यक्षमा पबित्र भण्डारी चयन भएका छन् । सदस्यहरुमा सुमन कार्की, घनश्याम चौलागाई, जीवन मानन्धर, राजेश कार्की चयन भएका छन् । बाँकी सदस्यहरु संस्थाको नियमित बैठकले पूर्ण समिति बनाउने संस्थाले जनाएको छ ।

‘प्रबासमा रहेका रामेछापबासी एक हौं, जिल्लाको विकासमा टेवा पुर्याऔं’ भन्ने मुल नाराका साथ यहाँ सन् २०१६ मा स्थापना भएको हो । अधिबेशनमा प्रमुख अतिथि एनआरएनएका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ र सभापति संस्थाको अध्यक्ष भिम खड्का सभापतिमा सम्पन्न भएको थियो ।

Comments

comments