भक्तपुर । भक्तपुरको आर्दश स्थित विद्या आर्जन डोजोले पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता गर्ने भएको छ । भक्तपुरा नगरपालिका वडा नम्वर ५ आदर्शको विद्या आर्जन स्कुलमा विद्या आर्जज डोजोले असोज १२ र १३ गते उपत्यका प्लस काभ्रे ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा भक्तपुर , काठमाण्डौं, ललितपुर र काभ्रेका खेलाडी पनि सहभागी हुने छन् ।
२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरि १९ खेल तथा किक् बक्सिङमा पुरुष तर्फ ४५, ५०, ५५ केजी तौल समूह र महिलातर्फ पनि ४५, ५० र ५५ केजी तौल समुह तथा यस्तै काटा समूहको एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने खेल संयोजक सूर्य लामाले जानकारी दिए ।
प्रतियोगिता संयोजक सूर्य लामाका अनुसार प्रतियोगितामा कूल ५ सय जना खेलाडीको सहभागिता रहने अनुमान रहेको छ ।
दुई दिन सम्म चल्ने उक्त प्रतियोगिताको रफ्रि संयोजक एकेफका मुख्य साहयाक प्रशिक्षक ,अन्तराष्ट्रिय रेफ्रि, नेपाल कराँते महांसंघका रेफ्र संयोजक राजेन्द्र कापाली रहेका छन् । प्रतियोगिता डब्लु के एफको नियम अनुसार खेलाईने उनले जानकारी दिए ।
उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता हुने
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।