तेमाल । काभ्रे जिल्लाको बनेपा देखि कालढुंगा हुँदै तेमाल गापा वडा नं. ८ को भोज्र्याङ पिउरडाँडा हुँदै वडा नं. ९ मेच्छे पौवसम्म सोमबारबाट बस सेवा सञ्चालन गरेको छ । रेम्बो यातायात प्रा.लि.ले बस सेवा सञ्चालन गरेको हो ।
बनेपाबाट विहान ७ बजे र दिउँसो २ बजे छुट्ने गरि ४ वटा गाडीको व्यवस्था गरेको सञ्चालकले जानकारी दिएको छ । तेमाल गाउँपालिका वडा नंं ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, स्थानीय उपभोक्ताहरको तर्फबाट सत्यमान लामा, कुवेर सिं लामा, धनबहादुर तामाङ तथा रेम्बो यातायात प्रालिको तर्फबाट अध्यक्ष पुष्पलाल लामा, जगतमान लामा र सोनाम लामाबीच भाडा निर्धारण तथा अन्य विषयमा सहमति भएपछि बस सञ्चालनमा ल्याएको हो । बससेवासँगै स्थानीय खुशी मानेका छन् ।
यस्तो छ गाडी भाडा विवरणः
बेसीटोल – रु. १२५/
कामी टोल– रु. १३५/
गाङटोल– रु.१५०/
गोन्बोटोल – रु.१६०/
स्कूलटोल– रु.१७०/
पन्तटोल – रु.१८०/
भोज्र्याङटार– रु.१८५/
पिउर डाँडा– रु.१९०/
भोटेपाटी – रु.२००/
मेच्छे – रु.२१०/















