बौद्ध । काठमाडौंको बौद्धमा सोमबार नितीकोष लोङछेन ञिङथिग रिगजित धुईपा छोक तथा आयु अभिषेकको आयु सिद्धि (छेवाङ) कार्यक्रम धर्म गुरु स्याल्पा तेन्जीङ रेन्पोछेले दिनु भएको हो ।
मुलुक जगत संसारिक प्राणीहरु दुःखको दलदलमा परी अनिष्ठ दुःख कष्ट रोग, विमार, अनिकाल, अकालको मृत्युबाट मुक्त तथा सामस्त जगत प्राणीहरुको कल्याण हित होस् भन्ने कामनाका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम प्राचीन अनुवाद एकमात्र गुरु संघ नेपालले आफ्नो बार्षिककोत्सवको पावन अवसरमा हिमालयन महायानी बौद्ध धर्म परम्परा अनुसार आयोजना गरिएको हो । रेन्पोछेलाई सस्थाका प्रमुख लामा ङाक्पा ह्राङडोल, अध्यक्ष टासी लामा, सचिव कुमार थोकर लगाएतले कुसुम मण्डल चढाएका थिए ।
कार्यक्रममा सयौं श्रद्धालुहरु बौद्ध, स्वयम्भू, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलाखा, रसुवा, धाडिङ लगाएत विभिन्न ठाउँबाट उपस्थिति भएका थिए ।
पुजापाठ विहान ८ः३० बाजे देखि शुरु गरेका थिए भने सहभागिहरुलाई दिउँसो २ बजेदेखि रेन्पोछेले आयु अभिषेकको छेवाङ दिएका थिए । उक्त कार्यक्रममा उपस्थित सबैलाई सस्थाका महासचिव खेल बहादुर लामाले धन्यवाद दिएका थिए ।
















