प्राचीन कालमा बोम्बोले नै सबै धार्मिक कृयाकर्महरु सम्पन्न गर्दथ्यो।सामान्य उपचार देखि मृत आत्मालाइ स्वोर्ग पठाउने पनि गर्दथ्यो।तर आत्माहरु स्वोर्गमा पुगिरहेको थिएन ।

त्यसैले गुरु रिम्पोर्छे त्यसको कारण पत्ता लगाउने निर्णय गरे र रिम्पोर्छे स्वयम् माग्नेमान्छेको भेसमा नारु बोन चेन९ पहिलो मानव झाक्री०ले अन्त्यस्टी ९घेवा ०कार्य सन्चालन गरिरहेको ठाउमा पुगे ।त्याहा नरु बोन ढ्याङ्रो बजाउदै मृत ब्यक्तिको कपडाले सजाइएको काठे घुरमा मृत ब्यक्तिको आत्मा प्रबेश गराइरहेका थिए त्यस पछि घुर हलचल गरिरहेका थिए नारु बोनले मृत्यु हुनाको कारण सोधपुच गर्न थाले घुरले टाउको हल्लाएर हुन्छ वा हुदैन भन्ने जबाफ दिन्थ्यो। यो सबै हेरिरहेका गुरु रिम्पोर्छेले आफ्नो दोर्जेको शक्तिले हानेर घुरलाइ भुइमा लडाइदियो नरुबोनले घुरलाइ पटकपटक उठाउने प्रयत्न सफल हुन सकेन घेवा रोकियो ।

यसको कारण पत्ता लगाउन नरुबोन गाउँ तिर लाग्यो ।उसले गाउँमा एउटा नयाँ मगन्ते मान्छे आएको थियो र उसले नरु बोनले बलि दिएर ज्यान लिने हुदा तिम्रो आत्मा स्वोर्ग पुगेको छैन त्यो कर्मको नेतृत्व लामाले गर्नु पर्छ भनेर तुरुन्तै गाउँ बाट हिड्यो भन्ने थाहा पायो।नरु बोनले भिकारीको पिछा गर्न थाल्यो र भेटे पछि जो त्यो पहाडको टुप्पोमा पहिले पुग्दछ उसैले सबै धार्मिक कर्महरु गर्न पाउने बाजि राखे दौड सुरु भो नरु बोनले ढ्याङ्ग्रो बजाउदै पहाड तर्फ बायुबेगमा लम्कियो ।

गुरु रिम्पोर्छे भने आफू गिद्दमा परिणत भै उडेर पहाड पुग्यो र नारु बोनलाइ पहाडको सिखर पुग्नुभन्दा पहिल्यै छिड्के लगाएर सिस्नुको झाङमा लडाइदियो ।त्यस बाट लडाएर नारु बोनले मन्त्रको शक्तिले अरिङ्गाल उत्पन्न गर्यो र त्यसले गुरु रिम्पोर्छेको अनुहार घाँटी गर्दनमा डस्न थाल्यो तर बौद्ध भएको नाताले रिम्पोर्छेले तिनलाइ नोक्सान पुर्याएन ।

त्यसैले पहाडको टुप्पोमा उभेर गुरु रिम्पोर्छेले नारु बोनसग अरिङ्गालहरु लाई फर्काउ तथा तिम्रो केही शक्ति पनि राख भन्ने सम्झौता गरे अनि नारु बोनले अरिङ्गाल फर्काएर रिम्पोर्छेको घाउको उपचार गरे त्यहा त्य तय गरियो कि नारु बोनसग जिउदो मानिसको उपचार गर्ने शक्ति जभबष्लिन उयधभच रहने छ ।

त्यसबेला देखिनै लामाले मरेको आत्मा लाई स्वोर्ग पुर्याउने र बोम्बोले जिउदो प्राणिको उपचार गर्ने जिम्मा पायो त्यस कारण आज पनि लामा झाक्री परस्पर बिरोधी कुराहरुमा बिस्वास गरे पनि तामाङ समाजमा सहयोगी तथा अलगअलग सामाजिक दायित्वहरु निर्बाह गर्दछन।जतिबेला लामा र झाक्री बाजि मार्न पहाड तर्फ लागे त्यस बेला गाउँमा सस्कार गर्ने कोहि पनि थिएनन भनिन्छ तब त्यस बेला सबै कर्मकाण्डको जिम्मा ताम्बाले लियो। (तामाङ सस्कार) फेसबुकबाट ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।