काभ्रेको खानीखोला गाउँपालिकामा घेदुङ गठन

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा नेपाल तामाङ घेदुङले संगठन विस्तार गरेको छ । बुधबार सम्पन्न घेदुङको प्रथम भेलाले डिलबहादुर वाईबाको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटि गठन गरेको छ ।

काभ्रेको खानीखोला गाउँपालिकामा घेदुङ गठन

भेलाले उपाध्यक्षमा फूलमाया तामाङ र निर्मल तामाङ, सचिव दिलबहादुर थिङ, कोषाध्यक्ष मसली माया लोप्चान, सदस्यहरुमा तिलक बहादुर थिङ, शेरमान थोकर, उपेन्द्र थोकर, विलबहादुर वाइबा, छविलाल थिङ, इन्द्रबहादुर स्याङतान, तेर्साङ मोक्तान, भरत लामा रहेका छन् ।

त्यसैगरि विभिन्न भातृसंगठनको समेत संयोजक तोकिएको छ । जस्मा महिलाको संयोजक मसली माया तामाङ, लामा संयोजक तेर्साङ लामा, युवा घेदुङ छविलाल थिङ, शिक्षक संयोजक दिलबहादुर थिङ रहेका छन् ।

भेला घेदुङका केन्द्रीय सदस्य डिलबहादुर थोकर (ग्याम्जो)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

भेलामा केन्द्रीय सदस्य ग्याम्जो, जिल्ला अध्यक्ष फुर्साङ मोक्तान र जिल्ला सचिव राजकुमार तामाङले घेदुङले सञ्चालन गरेको एक महिने ताम्सालिङ पुनर्जागरण अभियानकोबारेमा चर्चा गरेको थिए ।

Comments

comments