पाँचखाल । जिल्लाको पाँचखाल नगरपालिका वडा न ८ मा भुकम्पपछिको पुननिमार्ण तथा पुनस्थापना कार्यक्रम अन्र्तगत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (बुधबार) निजी आवासको स्थलगत अनुगमन गरेको छ ।

वडा अध्यक्ष संजय तामाङका अनुसार वडा न ८ मा पहिलो किस्ता लिएर करिब ८० प्रतिशत भन्दा बढीले घर निमार्ण गरिसकेको जानकारी दिए ।

अनुगमनको क्रममा सो वडामा रहेको विभिन्न डिजाइनका घरहरुको अवलोकन गरिएको थियो । सो वडामा कार्यरत प्राविधिकका अनुसार सबै घरहरु राष्ट्रिय पुननिमार्ण प्राधिकरणले तोकिएको बमोजिम नै रहेको इन्जिनियर प्रियङका चौधरीले बताइन ।

निजी आवासको अनुगमन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामा, सामुदायिक सारथीका जिल्ला संयोजक भेषराज दनुवार, सोही वडाका वडाध्यक्ष संजय तामाङ, वडा सदस्यहरु, इन्जिनियर प्रियङका चौधरी, सब इन्जिनियर सोमिता थापा, पत्रकार अञ्जली तामाङ लगायतले अनुगमन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।