भक्तपुर । तामाङ सस्कार सास्कृतिक प्रधान चलचित्र सेमरिन मुला माया भक्तपुरमा प्रर्दशन हुने भएको छ । तराइमा प्रिमियर प्रदर्शन गरेपछि काठमाडौ बौद्धस्थित सिद्धार्थ हलमा बिशेष प्रदर्शन गरेको चलचित्र असोज २७ गते शनिवार भक्तपुरको बाराही चलचित्र मन्दिरमा प्रर्दशन हुन् लागेको हो ।
चलचित्रको नायक समेत रहेका सन्जय लामाको निर्देशनमा बनेको फिल्म अधिल्ला प्रर्दशनीमा दर्शकहरुको उल्लेख्य सहभागी रहेको थियो ।
स्वगेभाई कथामा आधारित रहेका फिल्ममा थर प्रणाली थाहा हुँदा अहिलेको परिबेशमा तामाङ युवापुस्तामा आइपर्ने बाधाव्यवधानलाइ फिल्मले उठाइएको छ । लोसाङ लामाले निर्माण गरेको सेम रिन मुला मायामा निर्देशक हुत्त स्वयम् मुख्य भूमिकामा रहेको छ भने तामाङ चलचित्रका ख्याती प्राप्त कलाकारहरुले साथ दिएका छन ।

नायक सविन श्रेष्ठको विशेष भूमिका रहेको चलचित्रमा खुशी तामाङ र सन्जय लामा संगै राजु वाइबा, सविन श्रेष्ठ, शंख बहादुर तामाङ९जुङ्गे०, संगीता दोङ, प्रदिप दोङ तामाङ, रुचिका गोले, भिम बहादुर तामाङ, अनिता तामाङ, गंगा तामाङ, कमल तामाङ, कमल लोप्चन, तिर्थ कुमार दोङ, लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा अजय स्याङदानको नृत्य, प्रयास दोङ र हुत्तको शब्द र संगित, राजु दोङको द्धन्द, कुमार स्याङ्बाको शब्द, रामेश्वोर जिरेलको छयाङ्कन रहेको छ । तामाङ समाज भित्र भईरहेको घटनालाई लवस्टोरी, कमेडी, र एक्सनमा चलचित्र मसलेदार बनेको फिल्म टीमले बताउछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।