दुध लोप्चन,
दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको सम्पन्न छैटौं महाधिवेशनले रन्जनराज कुवंर अध्यक्षमा निर्वाचित भएका छन् ।
सेप्टेम्बर २५ मंगलबार भएको महाधिवेशनमा उनका प्रत्यासी निवर्तमान उपाध्यक्ष सन्दिप पाण्डेलार्इ २ मतले पछि पार्दै कुवंर बिजयी भएका हुन् । ३४ मध्ये १८ मत रन्जन कुवंरको पक्षमा र १६ मत सन्दिप पाण्डेको पक्षमा खसेको थियो । ४२ जना मतदाता रहेकोमा ३४ जनाको मात्र उपस्थिति रहेको थियो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा किशन गौतम, उपाध्यक्षमा द्वोय दुर्लभ बन्धु पोखरेल र रेश्मा राई, महासचिवमा मीन बहादुर बिक, सचिवमा द्वोय केशव पोखरेल र निकुञ्ज तिवारी, कोषाध्यक्षमा बबिता बोली क्षेत्री निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा वामदेव देवकोटा, कृष्ण प्रसाद न्याैपाने, गुरु दत्त न्याैपाने, सविना कार्कि, कृष्णप्रसाद शर्मा, हरि प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
केन्द्रीय पार्षदमा खेम कार्कि, डम्बर सुब्बा, यम श्रीस् मगर र किशाेर काेइराला निर्वाचित भएका थिए । सहमति नभएपछि अन्तिममा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हाे । कार्यक्रमकाे उद्घाटन गर्दै महासघका केन्द्रीय अध्यक्ष गाेविन्द्र आचार्यले पेशागत मर्यादा जाेगाउन पत्रकारहरुलार्इ निर्देशन दिदै राज्यले मिडियाकाे लागि ल्याएको केही ऐनहरु संशोधन गर्न महासघ अान्दाेलनमा उत्रिएकाे बताए । साथै विदेशमा पत्रकारिता गर्न अत्यन्तै ठुलो समस्या र चुनाैति भएको भन्दै अध्यक्ष आचार्यले महासघ यसमा पनि गम्भीर भएको बताए ।
























