काभ्रे । सिन्धुपल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. १, ठोकर्पाका वडा अध्यक्ष नेत्रबहादुर कार्कीले खादा प्रयोगमा निषेध गरेको कदम प्रति नेपाल तामाङ घेदुङ काभ्रेले पनि विरोध गरेको छ ।
घेदुङका जिल्ला अध्यक्ष फुर्साङ तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष कार्कीको यो कदम अविलम्व सच्याउन माग गरेको छ ।
विज्ञप्तिमा बुद्धकालीन समयदेखि नै संसार भर शान्तिको प्रतिकात्मक फूलको रुपमा प्रयोग हुदै आएको यस पवित्र खादालाई नेपाल गलायत धेरै मुलुकहरुमा समाजिक, धार्मिक, साँस्कृतिक एवं जातिय हिसाबले विभिन्न समुदायले सामाजिक कार्यहरुमा प्रयोग हुँदै आएको चर्चा गर्दै नेपालमा विगत केहि वर्षदेखि खादा प्रयोगको विषयलाई कथित आर्थिक मितव्यीताको नाममा धार्मिक, साँस्कृतिक, सामाजिक रुपले समुदायमाथिको आस्थामा चोट पुग्नेगरी नियोजित रुपमा बारम्बार साम्प्रदायिक आक्रमण हुँदै आईरहेको उल्लेख छ ।
‘धर्म निरपेक्ष सहितको लोकतान्त्रिक राज्यमा कुनै धर्म विशेष अति हिन्दुबादी सोचबाट बौद्ध मार्गि समुदायहरु माथिको पवित्र वस्तु खादा निषेध र वहिष्कार गर्ने र संविधान विरोधि कार्य गर्न कुनै पनि व्यक्ति, कुनैपनि संघसंस्थालाई कानुनी छुट छैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हजारौ बर्ष देखि कायम धार्मिक, साँस्कृतिक र सामाजिक सहिष्णुता र सद्भावमा खलल पु¥याउने निर्णय गर्ने वडाध्यक्षलाई तत्काल बर्खास्त गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकारसँग जोडदार मार्ग गर्दछ ।’
घेदुङले वडा अध्यक्ष कार्कीको यो कदम नच्याए सम्पुर्ण वौद्ध मार्गिहरु यस निर्णय विरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
लौ हेर्नुहोस् विज्ञप्तिः

















