सन्तवीर लामा
धनकुटा । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाले चालु शैक्षिक सत्रमा बिद्यार्थि भर्ना शुल्क वढी लिएको विषयमा विद्यार्थिहरुले आन्दोलन गरेपछि क्याम्पस प्रशासनले वढी लिएको शुल्क फिर्ता गर्ने सहमती भएपछि शुक्रवार साँझ देखी ताला खुलेको छ ।

 क्याम्पस प्रशासनले विद्यार्थिको अभिभावक बोलाएर ५५ लाख, ६२ हजार फिर्ता गर्ने

विद्यार्थिहरुवाट बढी शुल्क लिएको विषयमा ब्लाष्ट टाईम्स दैनिकले समचार प्रकाशन गरेपछि अनेरास्ववियू जिल्ला कमिटि धनकुटा र अनेरास्ववियू क्रान्तीकारी जिल्ला कमिटी धनकुटाले इन्स्टिच्युटले विद्यार्थि भर्नाको क्रममा बढी लिएको शुल्क फिर्ता गर्न दवाव स्वरुप वुधवार देखी तालावन्दी गरेका थिए । क्याम्पस प्रशासन र दुवै विद्यार्थि संगठनका प्रमुख एवं प्रतिनिधिहरु विच शुक्रवार दिनभर भएको आपसी सहमती र वार्ता पछि धनकुटा इन्स्टिच्यूटमा लगाइएको ताला खोेलिएको हो ।

दुवै पक्ष विच शुक्रवार विहान नै देखी भएको वार्तामा नयाँ भर्नाको क्रममा धनकुटा इन्स्टिच्यूटले सि.टि.ई.भि.टी.ले तोकेको भन्दा वढी लिएको तिनै तहको सवै शुल्क फिर्ता गर्ने सहमती भएको छ । सहमती पछि क्याम्पस प्रशासनले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी एच.ए.मा यो वर्ष भर्ना भएका ४० जना मध्ये ३६ जना विद्यार्थिलाई जनही ७५ हजार, ४ सयका दरले शुल्क फिर्ता गर्ने जनाएको छ । त्यसैगरी सि.एम.ए.मा पनि ३६ जना विद्यार्थिलाई जनही ४५ हजार र अ.न.मी.मा पनि ३६ जना विद्यार्थिलाई ३५ हजारको दरले शुल्क फिर्ता गर्ने दुवै पक्ष विच सहमती भएको पत्रकार सम्मेलनमा जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । तिनै तहवाट ४÷४ जना गरी १२ जना विद्यार्थिहरुलाई निःशुल्क छात्रावृद्धि पाएर अध्ययन गर्न आएकाहरुको वारेमा भने के सहमती भयो विज्ञप्तीमा खुलाइएको छैन । यस अघि भने निःशुल्क छात्रावृद्धि पाएका १२ जना विद्यार्थिहरुवाट पनि शुल्क लिएको भन्ने समचार श्रोतले खुलासा गरेको थियो ।

त्यसैगरी समहती पछि अव क्याम्पस प्रशासनले एच.ए.मा ३६ जना विद्यार्थिको प्रति विद्यार्थि ७४ हजार, ५ सय को दरले जम्मा २६ लाख, ८२ हजार, सि.एम.ए.मा पनि ३६ जना विद्यार्थिको जनही ४५ हजारको दरले जम्मा १६ लाख, २० हजार र अ.न.मी.मा पनि ३६ जना विद्यार्थिको जनही ४५ हजारका दरले १६ लाख, २० हजार रुपयाँ गरी जम्मा ५५ लाख, ६२ हजार वढी शुल्कको रकम फिर्ता गर्नु पर्ने हुन्छ । इन्स्टिच्यूटले विहिवार जनही ५५ हजारको दरले शुल्क फिर्ता गर्ने भनी विज्ञप्ती जारी गरेको थियो । सो निर्णयको विद्यार्थि संगठनले विरोध गरेपछि पुनः क्याम्पस प्रशासनले वार्तामा दुवै पक्ष विच भएको सहमतीमा दोश्रो निर्णय गर्न वाध्य भएको हो । सहमतीमा ४ दिन भित्रमा अभिाभावक, विद्यार्थि, पत्रकार र दुवै संगठनका प्रतिनिधि राखेर क्याम्पस प्रशासनले पैसा फिर्ता गर्नु पर्ने उल्लेख छ ।

त्यसैगरी विद्यार्थि संगठनको प्रतिनिधि, ल्याव र लाईब्रेरीका विषय विज्ञ प्राविधिकको उपस्थितिमा अनुगमन गर्ने, महिला छात्रावासको भौतिक अवस्थाको वारेमा दुवै विद्यार्थि संगठनका विद्यार्थि नेतृहरुको अगुवाईमा अनुगमन गर्ने लगायतका सहमती भएको पत्रकार सम्मेलनमा वताइएको छ । पत्रकार सम्मेलनमा दुवै विद्यार्थि संगठनको तर्फवाट अनेरास्ववियू क्रान्त्ीकारीका अध्यक्ष पदमराज रखाल, अनेरास्ववियूका जिल्ला संयोजक अंकित थापा, धनकुटा इन्स्टिच्यूटका संचालक एवं प्राध्यापक सन्जीत कुमार सिंह, प्रशासकिय अधिकृत गोविन्द निरौला लगायतको उपस्थिति रहेको थियो । सहमतीसंगै आगामी आईतवार देखी धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्समा सदा झै नियमित पठन–पाठन हुने क्याम्पस प्रशासनले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।