काभ्रे । तामाङ चलचित्र क्षेत्रलाई व्यवस्थित र व्यवसायीकरण गर्न स्थापना भएको तामाङ चलचित्र संघ आफ्नो पाँचौ महाधिवेशनको तयारीमा जुटेको छ ।

असोज १६ गते मंगलबार हुन गइरहेको संघको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव जयनकुमार मोक्तानले तेमाल अनलाईनलाई जानकारी दिएका छन् । भव्य साँस्कृतिक कार्यक्रमका साथमा सम्पन्न हुन लागेको संघको माधिवेशन चलचित्र विकास बोर्ड चाबहिलमा हुने भएको छ ।
अध्यक्षमा ४ जनाको दावी

तामाङ चलचित्र संघको पाँचौं महाधिवेशनको नजिकिदै गर्दै अध्यक्षको आकांक्षा राख्नेहरुको संख्या बढेको छ । महाधिवेशनमा अध्यक्ष पदको लागि मात्र ४ जनाबाट दावी घोषणा गरेका छन् । अध्यक्षको दावी गर्नेहरुमा वर्तमान उपाध्यक्ष बिकु थोकर, दोर्जे लामा, अमिर दोङ, सुकुमाया मोक्तान रहेका छन् । चारै जना तामाङ चलचित्र क्षेत्रमा लामो समयदेखि लाग्दै आएका व्यक्तित्वहरु हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।