राप्ती नगरपालिकाका वडाहरुमा घेदुङ गठन, ताम्सालिङ जागरण अभियान जारी

राप्ती । ताम्सालिङ जागरण अभियानको पहिलो चरणको कार्यक्रम अनुसार चितवन जिल्लाको राप्ती नगरपालिकामा नेपाल तामाङ घेदुङको विभिन्न वडाहरुमा संगठन विस्तार हुने क्रम जारी रहेको छ ।

 

यसैबीच राप्ती नगरपालिका वडा नं.११ मा शनिबार र १० मा आइतबार छुट्टा छुट्टै भेला सम्पन्न भएको छ ।

११ नं. वडाको भेलाले कुल बहदुर बलको अध्यक्षतामा वडा समिति गठन भएको छ । भेलाले उपाध्यक्षमा कान्छी माया तामाङ र बुद्धि बल, सचीवमा खेतराज ग्लान, कोषाध्यक्षमा बिल रुम्बा स–सचीवमा निरा माया मोक्तान र सदस्यहरुमा हस्त बहादुर मोक्तान, लाल बहदुर रुम्बा, सुक माया तामाङ, दिल बहदुर, गोम्बो धर्म र राज मोक्तानलाई चयन गरेको छ ।

राप्ती नगरपालिकाका वडाहरुमा घेदुङ गठन, ताम्सालिङ जागरण अभियान जारी

त्यसै गरि वडा नं. १० को भेलाले अध्यक्ष टिकाराम ब्लोनको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा शान्ति तामाङ र उतर कुमार तामाङ, सचिवमा शेर बहदुर तामाङ, कोषाध्यक्षमा भिम तामाङ र सह–सचीवमा चन्द्र मोक्तानलाई चयन गरेको छ ।

११ नं. वडाको प्रमुख अतिथिमा नेपाल नेपाल तामाङ घेदुङका जिल्ला अध्यष गोपिराज ग्लान, विशिष्ट वडा अध्यक्ष हित बहदुर तामाङ र अतिथिहरुमा घेदुङ नगर इञ्चार्ज दिलकुमारी तामाङ, हिरा लाल बल, धर्म राज मोक्तान, खेद राज ग्लान, उमेश मोक्तान, कान्छी माया ग्लान, दिल बहदुर लामा, अध्यक्ष कुल बहदुर बल रहेका थिए ।

राप्ती नगरपालिकाका वडाहरुमा घेदुङ गठन, ताम्सालिङ जागरण अभियान जारी

त्यसैगरि वडा नं. १० भेलामा पनि जिल्ला अध्यक्ष ग्लानकै प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । अन्य अतिथिहरुमा १० नं. वडा अध्यक्ष अमर तामाङ, ११ नं. वडा अध्यक्ष हित बहदुर तामाङ, घेदुङ नगर इञ्चार्ज दिलकुमारी तामाङ, धर्म राज तामाङ, भिम बहदुर तामाङ, अम्बिका लामा, चन्द्र माया तामाङ, कुल बहदुर तामाङ, भरत चेपाङ, राम बाबू रुम्बा रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।