दुध लोप्चन,

दक्षिण कोरिया । कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सेप्टेम्बर २३ तारिख अाइतबार सम्पन्न गरेको छ ।

संस्थाको जिम्मेवार पद रिक्त भएपछि विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै आइरहेको एकीकृत युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले ” यहि छुसकको अवसरमा सउलमा कुनैपनि प्रचारप्रसार नगरी बिशेष अधिबेशन सप्पन्न गरेको हो ।

किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजका सम्पूर्ण ४४ सदस्यीय बैठकले कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षको राजिनामा आएपछि (प्रकृयागत नेपाल ) संस्थालाई मझबुत बनाएर अगाडी बढाउनको निम्ति बिशेष अधिबेशनको माग भएको समिति सदस्य दिनेश गौतमले जानकारी दिनुभयो ।

विशेष अधिबेशनबाट उपाध्यक्षमा बालकृष्ण बाँसकोटा ,सचिबमा उमेश चौँलागाइ र कोषाध्यक्षमा खडानन्द चौँलागाइ चयन भएका छन । सदस्यहरुमा जगतमान लामा, दिनेश चौँलागाइ, नारायण गौतम, रत्न दोङ लामा र प्रयास हुँमागाइ चयन भएका छन।

“प्रबशी एकता आजको आवश्यकता सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेको संस्थाले समाजका सम्पुर्ण युवाहरूको समानता र उत्साहजनक परोपकारी भाबनालेनै गाउँमा अति महत्त्वपूर्ण एम्बुलेन्स सेवा / पटक पटक गरिबी तथा पिडित सहयोगार्थमा प्रमुख भूमिका खेल्दै आइरहेको र भोलिका दिनमा पनि परोपकारी कार्यमा अग्रसर भुमिकामा रहने समाजले जनाएको छ

Comments

comments