भक्तपुर ।नेपाली सांगीतिक अाकाशको दुनियाँमा गायिका सन्ध्या सुनुवारकाे नयाँ म्युजिक भिडियो ‘गाजलु अाँखा’ ले गीति एल्बम बजारमा अाएकाे छ । गाजलु अाँखाले माेहनी लगाएर सबैकाे मन जित्ने सक्ने अाशा राखेकी छिन् ।

विगत ३ महिना अगाडी गायिका सन्ध्या सुनुवारले ‘भिज्याे तिम्राे पछ्यौरी’ काे म्युजिक भिडियाे बजारमा ल्याएर अाएकाे थियाे । अहिले याे गीत बजारमा चर्चामा छन् र सबैकाे राेचार्इमा परेका छन् ।

‘गाजलु अाँखा’ नयाँ म्युजिक भिडियोलाई सबैले माया गर्नु हुने छ भन्नेमा गायिका सन्ध्या सुनुवार ढुक्क हुनुहुन्छ ।
अब याे गीतले कति जनाकाे मनमा प्रितीकाे फूल राेपेर मन जित्ने हाे त्याे त हेर्न नै बाँकी छन् तर मायाकाे झाेली बाेकेर हिडेका प्रेमीहरूकाे लागि भने याे गीत फलदायी नै हुने देखिन्छ ।

यो म्युजिक भिडियोमा हाल निकै व्यस्त माेडल निरन्जली लामाले भने अाफनाे जवानी देखाएर सबैकाे मनमा प्रितीकाे फूल राेप्न खाेजिरहेका छन् । तर साेनाम पाख्रिन निरन्जली लामाकाे जवानीमा मस्त संसार भुलेर रमिरहेकाे प्रस्ट हेर्न र देख्न पाईन्छ ।

याे गीतमा शब्द रचना तथा संगीत राजन राज शिवकाेटीकाे रहेका छन् भने एक्सन रेकडीङ स्टुडियाेले बजार व्यवस्थापन गरेकाे छ ।

भिडियो हेर्नुहोस

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।