सडककै छेउमा बनेका काभ्रैका घरहरुमाथि सरकारको डोजर

धुलिखेल । वर्षौदेखि सडकको मापदण्ड विपिरित बनेको घर टहाराहरु सरकारलाई हटाउने क्रममा काभ्रेको साँगमा सोमबार हटाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत साँगा धुलिखेल खण्डको सडक क्षेत्र मिचेर घर बसाउदै आएका र सानातिना व्यवसाय गरेर गुजारा चलाईरहेका सयौंको घर टहरो भत्काईको हो ।

लाखौं रुपैयाँ लगानी गरेर पसल व्यवसाय गर्दै आएका व्यापारीहरु भने यो कामबाट समस्यामा परेका छन् । अरनिको राजमार्ग निर्माणताका मुआब्जा लिईसकेपनि केहि स्थानियहरु कानमा तेल हालेर बसेका थिए । केहि स्थानियले दशैंतिहार पछि मात्रै घरटहरा हटाउन अनुरोध गरिरहेका थिए ।

सरकारले केनै गर्न सक्छ र ? भन्ने मानसिकताले वर्षौंदेखी अरु विकल्पको खोजी नगरि बसेका थुप्रैले पछुतो मानेका छन् । सडक डिभिजनले कुनैपनि बेला सडक वरपरको भाग सफा गर्न सक्छ भन्ने कुरा स्थानिय मिडियामार्फत थाहा भएपनि उनिहरु टसकामस थिएनन् । सोमबार प्रहरी प्रशासन सहित डोजर लिएर पुगेको डिभिजनको यो काममा उनिहरु केहि अवरोध गर्न तम्सीए , केहिबेर झडप भयो । त्यसको प्रति उत्तरमा प्रहरी प्रशासन केहि सेल अश्रुग्याँस फायर गर्न बाध्य भयो ।

सडककै छेउमा बनेका काभ्रेका घरहरुमाथि सरकारको डोजर

यसअघि सडक मिचेर बसेका र व्यवसाय गरिरहेकाहरु केहिले फाईदा त पाएका थिए तर सडक विरुप देखिन्थ्यो । वरपरको भाग उनिहरुले मिचेका कारण पैदल यात्रुलाई सास्ती थियो,सवारी दुर्घटना जस्ता क्षति भईरहन्थ्यो । जतातजै सरसामान राखिदा अस्तव्यस्त बजार,प्रदुषन जस्ता समस्या पनि नभएका हैनन् । ति क्षेत्रका घर टहरा भत्काउन थालिएपछि अब यसलाई उनिहरुले अफ्ना लागि अरु विकल्प खोज्ने अवसर मान्नुपर्ने बनेपा र धुलिखेलका अन्यवासी बताउँछन् । देशमा सरकार भएको अनुभुति दिनेगरी अघि बढेको सरकारको यस्तो कामलाई सघाउनुपर्ने उनिहरुको भनाई छ ।

सडककै छेउमा बनेका काभ्रेका घरहरुमाथि सरकारको डोजर

सडक डिभिजन कार्यालय भक्तपुर,जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभ्रे,ब नेपा नगरपालिका, धुलिखेल नगरपालिका लगायतका सरोकारवाला निकायको सामुहिक प्रयासमा यो काम थालिएको हो ।
सडक डिभिजनले अहिले तत्काल अरनिको राजमार्ग अन्तरगत बनेपाको साँगादेखी चण्डेश्वरी खोलासम्म सडकको दायाँबायाँ २५÷२५ गज भित्र बनेका घर टहरा हटाउनेछ । त्यसपछि धुलिखेलतर्फको काम थालिनेछ ।

सडककै छेउमा बनेका काभ्रेका घरहरुमाथि सरकारको डोजर

साँगादेखी धुलिखेलसम्म १५६ वटा घरटहरा हटाउने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । ५० वर्ष अघिदेखी मापदण्ड पुरा नगरेका घर टहरा भत्काउने निर्णय गर्दै सडक डिभिजनले पछिल्लो पटक भदौ २८ गते १५ दिने सुचना जारी गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।