तामाङ चलचित्र संघ अब विकुले हाँक्ने, तामाङ चलचित्रमा पश्चिमाको प्रभाव भएको चर्चा काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघ अब चर्चित खालनायक विकु थोकरले हाँक्ने भएको छ । संघको पाँचौँ राष्ट्रिय महाधिवेशनले थोकरलाई अध्यक्षको पदमा सर्वसम्मत निर्वाचित गरेपछि अब संघलाई थोकरले हाँक्ने भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा कुमार मोक्तान बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) लाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा गोपि लाल तामाङ, आइते सिं तामाङ, अनिता गोले, सश्मा लामा, पुष्ण लामा, बिनायक तामाङ, लक्ष्मी ग्याबा, कुश बहादुर तामाङ, धन बहादुर तामाङ, हुत्त बहादुर तामाङ, युद्ध लामा, अमर लामा, डिल बहादुर तामाङ रहेका छन् । यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो । महाधिवेशनलाई सम्बोधन गर्दै आदिवासीज जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष अमृत सुनुवारले खस भाषी चलचित्रलाई मात्र मुलधारको चलचित्रको रुपमा चित्रण गरेको प्रति आक्रोश व्यक्त गरे । आदिवासी जनजातिहरुको निर्माण गरेको चलचित्र पनि मूलधारको भएको चर्चा गर्दै सुनुवारले विभेद नगर्न राज्यलाई चेतावनी समेत दिए । त्यसैगरि नेपाल तामाङ घेदुङका महासचिवव बाबु घिसिङले तामाङ चलचित्र क्षेत्रमा पश्चिमा सँस्कृतिले अतिक्रमण गरेको प्रति चिन्ता व्यक्त गरे । तामाङ सँस्कृति, भाषा, धर्मलाई चलचित्रको माध्यमबाट तामाङ समुदायलाई जागरण पैदा गराउन सजिलो भएता पनि आधुनिकताको नाममा पश्चिमा तिर ढल्किन नहुने उनको तर्का छ । कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइवाले तामाङ एकताको लागि जोड दिंएका थिए । निवर्तमान अध्यक्ष जेनिश लामाले आफ्नो नेतृत्वमा धेरै सफलताका कामहरु भएता पनि केही कम्जोरी रहेकोमा आगामी दिनमा त्यसो हुन दिन नहुने बताए । त्यसैगरि नवनिर्वाचित अध्यक्ष थोकरले तामाङ चलचित्रको विकासको लागि आफू चौविसै घण्टा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

सुदिन दोङ\सञ्जीब दुलाल
काठमाण्डौं । तामाङ चलचित्र संघको १० औं बार्षिक साधारण सभा तथा पाँचौं राष्ट्रिय महाधिबेशनबाट चर्चित कलाकार एवं खलनायक विकु थोकर अध्यक्षमा विजयी हुनु भएको छ ।

२०३८ साल भाद्र १२ गते काभ्रेपलान्चोक जिल्ला साविक कटुञ्जे गाविस वडा नम्वर ६चिसापानी हाल रोशी गाउँपालिका ७ मा जन्मनु भएका थोकर तामाङ चलचित्र संघका अध्यक्षका रुपमा विजयी हुनु भएको हो ।


बुबा दमै सिंह तामाङ र आमा  काईली तामाङको कोखबाट साँईला छोराका रुपमा जन्मनु भएका थोकर हाल तामाङ चलचित्र क्षेत्रमा उदाहारणीय कलाकारका रुपमा रहनु भएको छ ।

२०६० साल देखि कलाकारिता क्षेत्रमा लाग्नु भएका थोकरले दर्जनौ चलचित्रमा आफ्ना अभिनय प्रस्तुत गरिसक्नु भएको छ । थोकर दादाका रुपमा चिरपरिचित थोकरलाई उहाँका गुरु सञ्जय बलद्वारा निर्देशित चलचित्र “नाङला खी” बाट तामाङ चलचित्रमा प्रवेश गर्नु भएको थियो ।


चलचित्र मायासे लासी २, ह्यूल्ला कानून , ङाला माया म्हेन्दो,म्लाङ प्वाँहर लगायतका चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसक्नु भएका थोकर तामाङ चलचित्र जगतमा बहुचर्चित कलाकारका रुपमा चिरपरिचित रहनु भएको छ ।
स्वदेश तथा विदेशमा करिव ५ सय भन्दा बढी स्टेज सो गरिसक्नु भएका थोकरले तामाङ संस्कृति कलाकारीता एवं धर्म संस्कारको प्रचार प्रसार एवं जगर्नेकालागि योगदान दिदै आउनु भएको छ ।


स्टेज सो होस् वा चलचित्र या टेलिसिरियल आदिका माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै आउनु भएका थोकर हाल कान्तिपुर टेलिभिजनबाट प्रर्दशन भई रहेको रिसानी माफबाट निकै लोकप्रिय हुनु भएको छ ।

चलचित्रहरुमा खलनायकका रुपमा आफ्नो अलग्गै पहिचान बनाउनु भएका विकु थोकर तामाङ चलचित्र संघको तेस्रो राष्ट्रिय महाधिबेशनबाट कार्यसमितिमा सदस्यका रुपमा चयन हुनु भएको थियो।

चौंथो महाधिवेशवाट उपाध्यक्षका रुपमा कार्यरत रहनु भएका उहाँ आदिवासी जनजाती चलचित्र संघको तेस्रो अधिवेशनबाट संघीय प्रदेश सदस्य र चौँथो अधिवेशनबाट उपाध्यक्षका रुपमा कार्यरत रहँदै आउनु भएको छ ।आदिवासी चलचित्रको उत्थानका लागि कदम चाल्दै आउनु भएका अनुभवी एवं चर्चित खलनायक तथा समाजसेवी विकु थोकर पाँचौं महाधिवेशबाट सर्वसम्वत रुपमा अध्यक्षका रुपमा आउनु भएको छ ।

थोकर फिल्मस् प्रालिको प्रोपराईटर रहनु भएका उहाँ साल भञ्ज्याङ रिसोर्ट एण्ड लजका प्रोपराईटर , थोकरर्स बुद्द चित्त माला एण्ड रुद्राक्ष माला सप्लायर्सको प्रोपराईटर, साथै विभिन्न संघ संस्थामा सेवा गर्दै आउनु भएका उहाँ तामाङ भाषा साहित्य एवं कलाकारीतालाई संरक्षण एवं सर्वधनकालागि लागी पर्नु भएको छ ।

चलचित्रमा खुँखार एवं भयानक खलपात्रका रुपमा अभिनय अभियानमा देखिदै आउनु भएका थोकर मनका भने धनी मानिसमा पर्नु हुन्छ । आफूले कमाएको केही हिस्सा दिन दुःखीको सहयोगमा सेवा पुर्याउँदै आउनु भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।