धुलिखेल । धुलिखेल नगरपालिका वडा नं १० शारदा बतासेमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले युरोपियन युनियनको आर्थिक सहयोगमा “भुकम्पपछिको पुनःर्निर्माण र पुनर्वासमा सदाचार र्कायक्रम अन्र्तगत नागरिक सहायता कक्षा, गुनासो संकलन तथा भुकम्प पछिको पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सबै सहभागिका गुनासालाई सम्बोधन गर्दै जिल्ला आयोजना कार्यन्वयन इकाइ काभ्रेका प्रमुख लोकनाथ रेग्मीले सबै जनताले सदाचारपुर्ण ढङगले पुननिर्माणको विषयलाइ सहयोग गनुपर्ने बताएका थिए ।

नेपाल सरकारले उपलप्ध गरेका रकम सबै पिडितले पाउनुपर्ने कुरामा जोड दिदै उनले पिडित नै हो भने मात्र सरकारले उपलप्ध गरेको रकम लिनको लागि अनुरोध गरेका
गरे ।

नेपाल सरकारलाई पनि दातृ निकायले सो रकम उपलप्ध गरेको हुनाले सरकारलाई वडा अध्यक्ष र सरोकारवाला निकायलाई नकरात्मक नसोचिदिनको लागि समेत अनुरोध गरेका थिए ।

 

यस्तै प्राविधिक पाटोको जानकारी दिदै शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रतिनिधि रिना सुवाले जस्ले पुनः निर्माणको घर बनाउदै छ उहाहरुले आफनो वडामा कार्यरत प्राविधिकको प्रत्यक्ष निगरानी र सल्लाहमा मात्र घर निर्माणको लागि अनुरोध गर्नुका साथै पहिले नै बनाएर रोकिएका घरहरु पुन प्राविधिकको सल्लाहमा निर्माण गर्न सकिने कुरा बताएका थिए ।

यस्तै वडा नं १० का वडा अध्यक्ष पुष्पराज राउतले आफुले गर्न सकेको सहयोग तथा वडा स्तरबाट हुन सक्ने काम अहिले सम्म समयमा नै गरेको बताउदै वडा स्तरबाट हुने काममा केही पनि ढिलाई नहुने बताए ।

राज्यले उपलप्ध गरेका रकम लिइसकेपछि तोकिएको समयमै नागरिकले घर निर्माण गर्नै पर्ने कुरा बताउदै आफुले कुनै पनि नागरिकलाइ काखा पाखा नगरेको नियमको दायरामा बसेर सैदान्तिक कुरालाई आत्मासात गरी सबैलाइ खुसी नै बनाउने काम गर्ने बताए ।

यसका साथै आफु निज र निर्णय भएर वडामा काम नगर्ने बताउदै नचाहिदो कामका हेपिएर कुनै हालतमा काम नगर्ने समेत बताए । आपत विपतका समयमा आफनो नागरिकका लागि आफनो तर्फबाट हुने सम्मको जिम्मेबारी बहन गर्ने बताउदै आम नागरिकलाइ पनि मापदण्ड भित्र रहनकोलागि अनुरोध गरेका थिए ।

कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाइ काभ्रेका जिल्ला प्रमुख लोकनाथ रेग्मी सोही कार्यलयका प्रतिनिधि विदुर तिमिल्सिना , शहरी विकास तथा भवन डिभिजन कार्यलयका प्रतिनिधि, वडा नं १० का वडा अध्यक्ष पुष्पराज साउत, वडा सचिव , सोही वडामा कार्यरत प्राविधिकहरु र आम नागरिक , टीआइ नेपालका प्रतिनिधिको सहभागिता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।