काभ्रे । आउदै गरेको विजया दशमी तथा दिपावलीको अवसरमा अकला देवी म्युजिक प्रा.लि को प्रस्तुती सावित्री मगरको दशै गीत “ म मरेको खबर ” (चरी) बजारमा आएको छ ।
यज्ञ सापकोटा र सावित्री मगरको आवाजमा एउटा वियोगान्त दशै गित युट्युवमा सार्वजनिक भएको हो ।
दशैको मुखमा यो गीत आएकोले अहिले यो गीत बजारमा चर्चामा छ र सबैको रोचार्इमा परेको छ ।
गीतमा परदेशीयको छोरा र आमाको वियोगान्त आवाजहरु सुन्न पाइन्छ । यस गीतलाई विशेष गरी परदेशीयका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले मन पराउने गायिका सावित्री मगर बताउछिन् ।
यज्ञ सापकोटाको लय , सिर्जना र प्रदीप कडेलको शब्दमा रहेको यो गितको म्युजिक भिडियोमा रमा थपलिया, प्रकाशजंग तामाङ, अन्जली घिमिरेले अभिनय गरेका छन् ।
क्यामेरामा प्रदिप कडेल, सम्पादनमा विकाश ज्ञवाली रहेको गित रामकुमार बस्नेतले निर्देशन गरेका हुन् ।
(भिडियो हेनुहोस्)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























