रामेछापमा बाणिज्य बैंकको एटीएम सेवा सञ्चालन

रामेछाप । जिल्लको रामेछाप नगरपालिकाको रामेछाप बजारमा पहिलो पटक एटिएम सेवा सञ्चालनमा आएको छ ।

एउटा मात्र बैक रहेको रामेछाप बजारमा विहिवारबाट राष्ट्रिय वाणिज्य बैकले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । टिएम सेवा नहुँदा सेवाग्राहीले कार्यालय समय कुर्नुपर्ने बाँध्यता हटाउनको लागि बैंकले एटिएम सेवा प्रदान गरेको छ ।

रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र राष्ट्रिय वाणिज्य बैँक काठमाडौंका क्षेत्रीय कार्यालयका प्रबन्धक सोनी श्रेष्ठले संयुक्त रुपमा एटिएम सेवाको उदघाटन गरेका थिए । बुधवारबाट सुरु भएको एटिएम सेवा २४ सै घण्टा खुल्ला रहने बैंकले जनाएको छ ।

रामेछाप नगरपालिकाभित्र पहिलो पटक एटिएम सेवा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउदै अपठ्यारो समयमा पनि अब सेवाग्राहीहरुले सहज रुपमा पैसा निकाल्न सक्ने श्रेष्ठले बताए ।

Comments

comments