धुलिखेल । भुकम्पपछिको पुननिमार्णमा सदाचार विद्यालय पुनःनिर्माण सम्वन्धी संयुत छलफल तथा अन्तक्रिया कार्यक्रम हिजो (आइतबार) धुलिखेलमा सम्पन्न भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजना तथा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेको सहकार्यमा अन्तक्रिया कार्यक्रम भएको हो ।

पुननिमार्णमा जुटिरहेका विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकहरुले आफ्नो विद्यालयको पुनः निर्माणमा प्रगती विवरण, जिल्ला कार्यन्वयन इकाई शिक्षाबाट भएको सहयोग, विद्यालय निर्माण गर्दै गर्दा भोगेका समस्या तथा चुनौतीको बारेमा एक– अर्कामा अनुभव साटासाट गरेका थिए ।

कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेका प्रतिनिधी श्रीया झा, मुञ्जु खनाल, सबिन कायस्थ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत दिनानाथ भट्टराई, काभ्रेका अधिकृत गंगा लामा, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, पत्रकार लगायतको उपस्थिती थियो ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।