भक्तपुर । मोडलिङ क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउँदै एन्जिला वाईबा यसैमा करियर बनाउँदै चर्चाको शिखरमा रहेकी छन् । म्हेन्दोमाया गीत संगीतको क्षेत्रमा उनी बहुचर्चित मोडलका रुपमा चर्चाको शिखरमा रहेकी छन् ।
म्याङ गाउँपालिका वडा नम्वर ३,नुवाकोटमा बाबा चेतबहादुर तामाङ र आमा पुण्टीमाया तामाङको कोखबाट जन्मनु भएकी उनी हाल म्हेन्दोमाया गीत संगीतमा चर्चाको शिखरमा पुगेकी हुन् ।


बाल्यकाल देखि नै नृत्यमा अत्यन्त रुची राख्ने उनीले आफ्नो भविश्यपनि नृत्यमा बनाउन कम्वर कसेर लागी परेकी छन् । आफ्नो जीवन नै गीत संगीतको क्षेत्रमा समर्पित गर्ने लक्ष्य एवं अठोटका साथ उनी यस क्षेत्रलाई आँगाल्दै आएको बताउँछिन् । २०६७ सालदेखि म्हेन्दोमाया गीत संगीत क्षेत्रमा मोडलिङको क्षेत्र तय गरेकी उनीले हाल सम्म ८० भन्दा बढि म्हेन्दोमाया, तामाङ सेलो र नेपाली गीतहरुमा आफ्नो मोडलिङ गरि सकेकी छन् ।
म्हेन्दोमाया गीतबाट “विरगंजकी फ्याक्ट्रीरी चप्पल बन्दिपा” बोलको गीतबाट उनी मोडलिङ क्षेत्रमा चर्चाको शिखरमा पुगेकी थिईन् ।


५ सय भन्दा बढि स्टेज सोमा आफ्नो प्रस्तुती राखी सकेकी उनीले दर्जन भन्दा बढि मुलुकमा आफ्नो प्रस्तुती राखी सकेकी छन् । उनले मुख्य गरि युएयी , मलेसिया, कतार, भारत लगाएत विभिन्न देशमा प्रदर्शनी गरि सकेकी छन् ।

स्टेज सो बाट प्राप्त रकमको केहि प्रतिशत समाजसेवामा लगानी गर्दै आएकी उनी मोडलिङ गरेर खान पुग्दैन भन्ने मनस्थितीको समाजबाट आफू आएपनि आफ्नो करियर मोडलिङमा नै देखेको बताउँछिन् । अन्य मोडलिङमा आउन चाहनेहरुलाई पनि प्रेरणको स्रोत बन्दै उनी भन्छिन् यदि यसमा लगनशिलता दिन सक्ने हो भने आउनुहोस् नेपालमा यसको सम्भाब्यता अत्यधिक रहेको छ ।


नेपाली समाजमा हाल सम्मा पनि मोडलिङलाई पेशाका रुपमा लिन भने नसक्नु ठुलो कमजोरी रहेको उनी बताउँछिन् ।
हाल उनी मोडलिङमा नै ब्यस्त रहने गरेको उनी बताउँछिन् । नेपाली चलचित्र टेलिचलचित्रहरुमा आफ्नो प्रस्तुती गर्ने तयारीमा रहेकी उनी हाल निकै नै ब्यत रहने गरेको बताउँछिन् ।

Comments

comments