भक्तपुर । संसारकी पहिली देवता आमा लाई सम्झदै गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” बोलको गीत बजारमा आएको छ ।
जो कोहीलाई पनि संसार देखाउने स्रोत आमा सबैको सबैभन्दा प्यारो हुन् ।
सुखमा होस् या दुःखमा आफ्ना छोराछोरीप्रती सदैब उनीहरुकै पक्षमा उभिने आमाको नाममा उनले आमा बोलको गीत सार्वजनिक गरेका हुन् ।
गायक एंव संगितकार राजकुमार दोङको शब्द , संगीत र स्वर रहेको गीतलाई बुद्ध स्याङ्लेबाले संगीत संयोजन गर्नु भएको हो । नायिका चादनी मोक्तान, सञ्जय योन्जन र बुद्ध स्याङ्बाको प्रमुख भुमिका रहेको भिडियोलाई निर्देशक एंव चर्चित नायक अमीर दोङले निर्देशन गर्नु भएको हो ।
यस भिडियोलाई सञ्जय योन्जन तामाङले निर्माण, बिक्रम मोक्तानले छायांकन गर्नुभएको हो ।