काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ लामा गाउँमा मानव कंकल फेला परेको छ ।
जिल्ला प्रहारी कार्यालय, काभ्रेका अनुसार लामागाउँ स्थित ठूलो गहिरे जंगलमा नाईलनको डोरी बाँसको रुखमा झुण्डिएको अवस्थामा रहेको अवस्थामा फेला परेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा हड्डिको भाग मुनि खसी थुप्रिएको, नार्यलनको डारीमा केही हड्डीको सानो भाग अड्किएकोले आत्महत्या गरेको हुनसक्ने खुलेको छ । प्रहरीका अनुसार घ्ट्नास्थल नजिकै निलो कलरको ट्रयाक्सुट, प्लास्टीकको कालो रङको जुत्ता, पछाडि बोक्ने कालो रंगको खाली व्याग भेटिएको छ ।
‘उल्लेखित कपडालाई हेर्दा अधबैंसे पुरुष व्यक्ति झुण्डी मृत्यु भएको हुनसक्ने देखिएको छ ।’ प्रहरीले भन्यो, ‘मानव कंकालहरुलाई फरेन्सिक मेडिकल विभाग त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाडौंमा पठाई थप अनुसन्धान भइरहेको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















