सार्वजनिक सुनवाई गर्ने संझौता पछि षडानन्द नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

मोहन तामाङ
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले सोमबार दोस्रो नगर सभा सम्पन्न गरेको छ । निक्कै लामो समय देखि विवादमा रहेको उक्त नगरपालिकामा असार मसान्तमा सक्नु पर्ने भनिएको नगर परिषद अहिले सम्म हुन सकेको थिएन ।

विभिन्न समस्या र प्राविधिक कारण देखाउँदै नगरपालिकाले नगर परिषद गर्न सकेको थिएन । गत आ.व. ०७४÷७५ को योजनाको सार्वजानिक सुनुवाई नभएको र सार्वजनिक सुनुवाई नभएसम्म नगर परिषद हुन नदिने भन्दै मान बाहाद्ुर खत्रीको अध्यक्षतामा गठित सरोकार समितिले आवाज उठाएका थिए ।

उक्त समितिले ज्ञापन पत्र समेत बुझाएको थियो । ज्ञापन पत्र बुझाए पछि नगरपालिकाले दशैं र तिहारको बिचमा सार्वजानिक सुनुवाई गर्ने भनि सम्झौता गरेपछि दशैं अगावै नगरसभा सम्पन्न गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।