दुध लोप्चन,

दक्षिण कोरिया । कोरियामा रहेको ग्लोबल मानी ट्रान्सफर (जिएमई)ले दशै विशेष `लक्की ड्र´, `५० लाख हातमा जिएमईको साथमा´ योजना ल्याएको छ । यस अन्तर्गत पचास लाख कोरियन वनको लक्की ड्र गर्ने भएको हो ।

हिन्दुहरुको महान चाड बडादशैको उपलक्ष्यमा नेपालमा पैसा पठाउनेहरुलाई लक्की ड्र  कुपन पाउनेछ । लक्की ड्र मा जिएमई रेमिटेन्सबाट सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म कोरियाबाट नेपालमा पैसा पठाउने ब्यक्तिहरुको नाम समाबेश हुने जिएमईले जनाएको छ ।

लक्की ड्र मा पाँच जना बिजेता हुनेछ र प्रत्येकले दस-दस लाख कोरियन वन प्राप्त गर्ने जिएमई सउल, दोङ्देमुन शाखाका सञ्चालक धर्मराज गौतमले जानकारी दिए । त्यसको लागि यो समयावधिमा एक पटक रेमिटेन्स गर्नुपर्नेछ र जति धेरै पटक रेमिटेन्स गर्‍यो त्यति नै जित्न सक्ने सम्भावना रहने उनले बताए ।

नतिजा तथा लक्की ड्र दशैको फूलपातीको दिन अर्थात् अक्टोबर १६ तारिक गरिने जनाएको छ । नतिजा प्रकाशन सउल, दोङ्देमुन शाखामा साँझको ६ बजे गर्ने बताएको छ । त्यस दिन नतिजालाई रेमिटेन्सको फेसबुक पेजबाट लाइभ गर्ने बताएको छ । सहभागी भएका ब्यक्तिहरुले यस रेमिटेन्सको फेसबुक पेजमा रहेको बिज्ञापन पोष्टलाई लाइक, शेयर र कमेन्ट गर्नुपर्ने बताएको छ ।

Comments

comments