नेकपा काभ्रेको बैठक सम्पन्न, के–के भयो निर्णय ?

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको बैठक बुधबार सम्पन्न भएको छ ।

बैठक प्रदेश ३ का इञ्चार्ज तथा नेकपा स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्य,सह–इञ्चार्ज हितबहादुर तामाङको सहभागीतामा प्रदेश ३ का अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बसेको थियो ।

साविक दुवै पार्टीका जिल्ला पूर्व इञ्चार्ज एवं पदाधिकारीहरुको उपलस्थिति रहेको उक्त बैठकल काभ्रे जिल्लामा हाल पार्टी कमिटि गठन भई नसकेको अवस्थामा पार्टीको जिल्ला कमिटिका पदाधिकारीहरुलाई नै जिल्ला कमिटिको दैनिक कार्य सञ्चालन गर्ने अधिकार समेत प्रदान गर्ने निर्णय गरेको बैठक पछि जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

नेकपा काभ्रेको यस्तो छ निर्णयहरुः

  • नेकपाको जिल्ला कार्यालय पूर्व एमालेको जिल्ला कार्यालय बनेपाबाट सञ्चालन गर्ने निर्णय गरियो ।
  • कार्यालय नियमित सञ्चालन गर्नका लागि कार्यालय सचिवमा बसुन्धारा हुमागाईं र सहायक सचिवमा राजकुमार तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।
  • नेकपाको काभ्रे जिल्ला मातहतका तल्ला कमिटिको एकीकरण गर्ने कामलाई नियमित बैठक बसी अगाडी बढाउने निर्णय गरियो ।
  • पूर्व एमाले र पूर्व माओवादी केन्द्रको जिल्ला भित्र रहेका सम्पूर्ण संगठित सदस्यहरुलाई एकीकृत गरी अभिलेख राखी प्रदेश र केन्द्रमा पठाउने निर्णय गरियो ।
  • पूर्व दुवै पार्टीमा रहेको सम्पूर्ण सम्पत्ति तथा दस्तावेज एककृत गरी अभिलेख गरि राख्ने निर्णय गरियो ।
  • विजया दशमी तथा शुभदिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरियो । साथै उक्त कार्यक्रम स्थानीय स्तरका कमिटिहरुमा समेत गर्न निर्देशन गरियो ।

यस्तो छ प्रेस विज्ञप्तिः

  नेकपा काभ्रेको बैठक सम्पन्न, के–के भयो निर्णय ?

Comments

comments