भक्तपुर ।गायक पवन राज स्याङबो र वरिष्ठ गायिका इन्दिरा गोलेको सुमधुर आवाजमा मनै छुने तोरतोर म्हाबर तामाङ गीत बजार सार्वजानिक भएको छ ।

पर्देशीको कथा ब्यथा समेटि तयार पारिएको तामाङ गितको भिडियो बजार सार्वजनिक गरेको हो ।सपूत दोङको शब्दमा रहेको गितको संगीत अमृत लामाले गरेका हुन । अशोक लोहोरुङको संगीत संयोजन रहेको गीतले यतिबेला युटुबमा आफ्नो राम्रो स्थान लिरहेको छ । सम्भु मोक्तान द्वारा निर्देशित भिडियो पर्देशी भुमि मलेशियामा नै छायांकन गरिएको हो । कोष बोम्जनले छायांकन गरेको भिडियोमा शम्भु र हिम शिला लामाको अभिनय देख्न सकिनेछ ।

काभ्रे जिल्लाको चाैरी देउराली गाउँपालिका वडा नम्बर १ सानो बाङथलीमा जन्मेका गायक पवन राज स्याङबोले अहिले सम्म चार वटा गितहरु रेकर्डिङ गरिसकेको छ । तामङ गीत संगित प्रति आफ्नो छुट्टै प्रेम रहेको बताउनु भएको छ गायक पवन राज स्याङबो । तामाङ गित संगीतबाट आफ्नो कला संस्कार संस्कृति जोगाउन हरदम लागि पर्नुपर्छ भन्ने भाव बोकेका पवनले सोलुको मैच्याङ ,बाङथली गाउको म च्याङबा, तिला मन्सि र तोर तोर म्हाबर भन्ने धेरै गीतहरु गाउनु भइसकेको छ।

भर्खरै मात्र सार्वजानिक भएको गीतमा पर्देशिनु पर्दाको पीडा पर्देशि भुमिमा रहदा हुने कष्ट र दुखै दुख भोग्दा आफु जन्मेको गाउँ ठाउँको सम्झनाले सताएको कुरा गितले प्रस्तुत गरेको छ ।

Comments

comments