काठमाडौ । तामाङ कथानक चलचित्र म्हारमेनको बिहीबार काठमाडौका बागबजारमा एक कार्यक्रम गरि म्हारमेनको शुभ मुहर्त गरिएको छ ।

एभरेष्ट फेसन होमको ब्यानरमा तामाङ कथानक चलचित्र म्हारमेन विनोद लामा र सुनी लामाले निर्माण गर्ने भएको छ।कार्यक्रममा तामाङ घेदुङकी अध्यक्ष सुनी लामाकी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

बिशेष अतिथि विनोद लामा,अजय स्याङतान, ऋतुराज पाख्रीन, अमीर दोङ, गीतकार फुलकुमार वोम्जन, लगाएतका अन्य अतिथि पनि उपस्थिति भएको थिए।

यस चलचित्रमा मुख्य भुमिका अमिर दोङ र रञ्जिता ब्लोन देखिने भएको छ, भने पदम दोङ र कुईसाङ रुम्बाले खलनायकमा खेलिने भएको छ। कथा,पाठकथा र संवाद ऋतुराज पाख्रिन रहेको छ भने निर्देशन अजय स्याङतान गीतका शब्द फूलकुमार बोम्जन र संगीतकार वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको रहने बताएका छन् ।

उक्त चलचित्रको छायांकन दशै लगतै हुने निर्माण पक्षले तेमाल अनलाइनलाई जानकारी दिएका छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।