दुध लोप्चन,

दक्षिण कोरिया I बिश्वको सर्वोच्च शिखर सगरमाथामा गत वैशाखमा आरोहण गरेका ।दोलखा गौरीशंकर गाउँपालिका-३ सिमिगाउँकी दाबुटी शेर्पा (बारिस्ता दावा) दक्षिण कोरियामा सम्मानित भएकी छन् ।

आइतबार कोरियाको राजधानीमा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वोमन फोर वोमन दक्षिण कोरियाले संयुक्त रूपमा एक कार्यक्रम आयोजना गरि आरोही शेर्पालाई सम्मान गरेको हो । शेर्पाले गत बैशाख ३१ गते यो सिजनकै पहिलो महिला आरोहीको रुपमा सगरमाथाको शिखरमा पाइला टेक्दै स्वदेशी कफीलाई बिश्वमा प्रबर्द्धन गर्ने उद्देश्यले र सगरमाथा शिखरमै कफी खुवाउने साहसिक कार्यमा सफल भएको थियो । आरोही दाबुटीले `हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख´ भन्ने मुल नारा बोकेर सगरमाथा आरोहण गरेकी थिइन् । यसै कार्यलाई उच्च मुल्यांकन गर्दै यहाँका संस्थाले सम्मान पत्रसंगै खादाले सम्मान गरेको हो । यहाँ रहेको आधा दर्जन संघ-सस्थाहरुले छुट्टाछुट्टै सम्मान-पत्रसहित केही नगदले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा दक्षिण कोरियाको लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहको प्रमुख अतिथिमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपालको लागि र सर्वोच्च शिखर सगरमाथामा पुगी विश्वमा छुट्टै तरिकाले चिनाउन सकेकोमा हार्दिक बधाई दिदै यस्तो कार्य गर्नेलाई सदैब सहयोग गर्ने प्रतिबद्ध ब्यक्त गरेको छ ।

सम्मान पछि आरोही दाबुटीले आफू बिगत सात बर्षदेखि कफी बनाउँदै आएकोले सगरमाथाको चुचुरोमा पुगेर कफी बनायो भने नयाँ विश्व कीर्तिमानी हुन्छ भनेर शिखर चढेको र सफल भएको बताइन् । त्यसो गर्यो भने `बादिस्ता दावा´ भनेर चिन्ने र कृषि क्षेत्रका चिया, कफीको प्रबर्द्धन हुने भएकोले यो लक्ष्य लिइएको उनले बताइन् । उनी त्यही कफी बनाउने दुई हप्ताको तालिमको लागि कोरिया आएको पनि बताइन् । उनले अब फेरि नेपाल फर्के लगतै अर्को हिमालको क्याम्पेन सुरु गर्ने जानकारी दिइन् ।

नेपाल आदिवासी जनजाति महासंघ कोरिया शाखाको कार्यबाहक अध्यक्ष मल्लिका थकालीको सभापतित्वमा भएको कार्यक्रमलाई महासंघकै सचिब युगेल टेन्ढुप शेर्पाको संयोजकमा सप्पन्न भएको थियो ।

Comments

comments