निजगढ । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ स्थित सिंगौलमा नेपाली चाडहरुको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रम पुर्व खेलकुद मन्त्रि पुरुषोतम पौडेलको प्रमुख अतिथ्यमा समपन्न भएको हो ।

निजगढमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, काँग्रेस कार्यकर्ता नेकपामा प्रवेश

उक्त कार्यक्रममा नेकपाका प्रदेश सांसद त्रिलोकी चौधरी, ढुण्डीराज उप्रेती, रविराज दंगाल, दिल बहादुर लामा, नगर उपप्रमुख लिलादेबी लामिछाने खनाल, प्रदेश सदस्य राजु आचार्य, वडा नम्बर ३ को वडा अध्यक्ष जित बहादुर तामाङ, वडा नम्बर २ को वडा अध्यक्ष केशब ढोदारी, गणेश लामा, पदम बहादुर भुजेल, राधा पुलामी, थानेस्वर सापकोटा, बारा काठमान्डू सम्पर्क मन्चका सल्लाहकार सपम िखरेल, अनेरास्वयुका घनश्याम तिमल्सिना, छिरिङ वलको उपस्थिति रहेको थियो ।

बडा दशैँ तथा आउदै गरेको दिपावली, छड र ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै परदेश सांसद त्रिलोकी चौधरीले निजगढको गौरव बोकेको अन्तर्राष्टि«य बिमालस्थल र फास्ट्राकको बिषयमा जेजसरी हुन्छ नेपाल सरकारले भनेकै समयमा निर्मार्णकार्य सम्पन्न गर्न लागि परेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश समेत गरेको थिए । प्रवेश हुनेहरुमा सिंगौल वडा नम्बर ३ को नेपालि काँग्रेशको वडा सभापति मान बहादुर योन्जनको नेतृत्वमा सयौं काँगूेसी कार्यकर्ताहरु रहेका छन् ।

नवप्रवेशीलाई पूर्व खेलकुद मन्त्री पुरुषोतम पौडेलले खादा र अबिरले स्वागत गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।