गुडीरहेको बसमा एक्कासी आगलागी, रोशीमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति

धुलिखेल । मेलम्चीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ३३४१ को यात्रुबाहक बस वाईरिङ सर्ट भइ अचानक आगोलागी भएको छ ।

गुडीरहेको बसमा एक्कासी आगलागी, रोशीमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति

पाँचखाल नगरपालिका वडा नं. ६, ३८ किलो स्थित अरनिकोा राजमार्गमा उक्त गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गुडीरहेको बसमा एक्कासी आगलागी, रोशीमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति

आगलागी हुँदा उक्त गाडीको अगाडिको भाग पूर्णरुपमा क्षेति भएको छ । प्रहरीका अनुसार स्थानीयबासी र प्रहरीकोको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

रोशीको एक घरमा आगलागी

यसैगरि रोशी गाउँपालिका वडा नं. ६ रोहित तामाङको घरमा आगलागी भएको छ । ढुंगामाटो र जस्ताले छाएको घरमा सोलारको तार सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

आगलागीबाट घरमा रहेको अन्नपात, भाडावर्तन, लत्तकपडा र नगद १ लाख २० हजार रुपैयाँ समेत गरि १२ लाख बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जानकारी दिएको छ । घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने मानवीय र चौपाया क्षति भने भएको छैन । स्थानीय र प्रहरीको संयुक्त प्रयत्नमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।