बौद्ध । भगवान बुद्ध देवलोकबाट अवतरण भएको दिन ल्हाबाब दुइछेनको पावन अवसरमा बौद्धमा ङ्युङने कार्यक्रम हुनेभएको छ ।
कार्यक्रम प्राचीन अनुवाद एकमात्री गुरु संघ, नेपाल र बौद्ध धर्म प्रगती केन्द्रको संयुक्त आयोजनामा आगामी कार्तिक १३ गते देखि १६ गतेसम्म हुने भएको हो । संघका अध्यक्ष टसी कुमार लामाको संयोजकत्वमा विश्व शान्ति एवं समस्त जगत प्राणीहरुको कल्याण हितको निमित्त गर्न लागेको बताइएको छ । कार्यक्रममा धर्मगुरु खेन्पो सोनाम छिरिङ तामाङको प्रमुख आतिथ्यमा हुन लागेको प्रचारप्रसार संयोजक रोज बहादुर तामाङ (च्याङ्बा) ले तेमाल अनलाईनलाई बताएका छन् ।
कार्यक्रम प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको कार्यलय बौद्ध ६ काठमाडौं तामाङ भवनमा हुने भएको छ । कार्तिक १३ गते बेलुका ४ बजे भेला हुने, १४ गते (पहिलो दिन) सोज्योङ, १५ गते (दोस्रो दिन) कुक्पार पूर्णमौन, १६ गते भेला (तेस्रो दिन) समापन कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा सम्पूर्ण धर्म प्रेमी भक्तजन, उपासक, उपासिकाहरु उपस्थित भई अपार पुण्य लाभ लिनु हुन आयोजकले अनुरोध समेत गरेको छ ।
यस्तो छ कार्यक्रम तालिकाः

















