काभ्रे । काभ्रेको मण्डनदेउपुर नपामा भएको जिप दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज (शनिबार) बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।

डीआईजी भण्डारीको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।